arrow

खाडी मुलुकमध्ये साउदी अरेबिया सबैभन्दा बढी कोरोना प्रभावित, एकैदिन २५ सयबढी संक्रमित थपिए, ४ नेपालीको ज्यान लियो 

logo
अरशद शेष राई, 
प्रकाशित २०७७ जेठ ७ बुधबार
saudi-arabia.jpeg

साउदी अरेबिया । कोरोना भाइरस अर्थात् कोभिड १९ को महामारीले गर्दा विश्वभरी नै डर र त्रास फैलिएको बेला खाडी मुलुकहरु मध्ये साउदी अरेबिया सबैभन्दा बढी कोरोना प्रभावित देश रहेको देखिएको छ ।

साउदी अरेबियामा कोरोना भाइरस अर्थात कोभिड (१९ को महामारीका कारण ६० हजारको नजिक संक्रमितहरु पुगिसकेका छन्  ।  ३ सय भन्दा बढीको ज्यान गइसकेको छ । 

कोरोना भाइरसको महामारीका कारण साउदी अरेबियामा मंगलबार एकैदिन २ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन । जबकि मंगलबार नै कोरोना भाइरसका कारण ९ जनाको ज्यान गएको छ ।

मंगलबार नयाँ थपिएका कोरोना भाइरस संक्रमितहरुमध्ये साउदी अरेबियाको राजधानी रियाद ७३०, जद्दा ५२६, मक्का ३८५, मदिना २९६, हुफुफ ११७, खोबर ३७, जुबैल ३६ जना गरि २ हजार ५ सय ९ जना संक्रमितहरु थपिएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।

कोरोना भाइरस अर्थात कोभिड (१९ को महामारीका संक्रमित मध्ये एकै दिन मंगलबार २ हजार ८ सय ८६ जना उपचार पछि निको भइ फर्किएका छन् । 

जबकि हालसम्म साउदी अरेबियामा कोभिड (१९ महामारीको संक्रमित भएका ३१ हजार ६ सय ३४ जना उपचारपछि निको भई फर्किएको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

साउदी अरेबियामा मंगलबारसम्म कोरोना भाइरसका कारण ३ सय २९ जनाको ज्यान गएको छ । ५९ हजार ८ सय ५४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

खाडी मुलुक साउदी अरेबियामा उल्लेख्य संख्यामा नेपालीहरूले रोजगारी गर्दै आएका छन् । जसले गर्दा कोभिड (१९ को महामारीका कारण साउदी अरेबियामा थुप्रै नेपाली कामदारहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली दूतावासले केही दिनअघि मात्रै सार्वजनिक गरेको तथ्याङक अनुसार ६ सय ७४ जना नेपाली कामदारहरु कोभिड (१९ को संक्रमण भएको पुष्टि गरेको थियो । 

जबकि हालको दिनसम्म कोरोना संक्रमित नेपालीको संख्यामा पनि वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

साउदी अरेबियामा कोरोना भाइरसको महामारीका कारण मंगलबारसम्म ४ जना नेपालीको पनि ज्यान गइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ