arrow

भारतको बहराइचमा अलपत्र नेपालीबाट केपी ओली विरुद्ध नाराबाजी (भिडियोसहित)

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
Capture13.JPG

काठमाडौं । कोरोना भाइरसको संक्रमणबीच यतिबेला नेपाल र भारतमा लकडाउन रहेको छ । 

लकडाउनका कारण सहज रुपमा एक देशबाट अर्को देशमा पुग्न सहज छैन । 

जुन देशका नागरिक जुन देशमा छन् त्यहीं त्यही देशको सरकारले व्यवस्थापन गर्नुपर्छ । 

धेरैजसो नेपालीहरु भारतबाट नेपाल आउन पाएका छैनन् । आउन पाएका नेपाली पनि दुःख पाएर आएका छन् । 

भारतस्थित नेपाली दूतावासले राम्रो भूमिका नखेलेका कारण नेपालीहरुले भारतमा दुःख पाइरहेका छन् । 

त्यसैले पनि होला नेपालीहरु नेपाल सरकारविरुद्ध आक्रोशित भइरहेका छन् । 

नेपाल आउन खोजेका नेपालीहरु भारतको बहराइच साथी तिलक इन्टर कलेजमा उनीहरुले आफूहरु अलपत्र परेको भन्दै केपी शर्मा ओली सरकारविरुद्ध नाराबाजी गरेका छन् । 

आफूहरुलाई खाने बस्नेसमेत व्यवस्था नहुँदा ‘तपाईले के हेरेर बस्नुभएको छ ?’ भनी पीडितहरुले प्रश्न गरेका छन् । 

‘तपाईलाई जनताले यसरी दुःख पाएको देख्दा अलिकति पनि लाज लाग्दैन ?’ एक पीडित महिलाले भनिन् । 

उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका छन् । विदेशबाट नेपालीहरुलाई स्वदेशमा ल्याउनका लागि अहिलेसम्म सरकारले कुनै योजना बनाएको छैन । 

मंगलबारमात्रै कम्तीमा ६ लाख नेपालीलाई स्वदेश ल्याउनु पर्ने देखिएको समेत तथ्यांक बाहिर आएको थियो । 

परीक्षण बिना भारतबाट नेपालीहरुलाई ल्याउँदा भने तीव्र गतिमा कोरोना नेपालमा फैलिएको छ । 

भिडियो-

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ