arrow

पाकिस्तानमा २४ घण्टामा दुई हजार बढी संक्रमित थपिए

logo
एएनआई,
प्रकाशित २०७७ जेठ ७ बुधबार
corona-pakistan-hindu.jpg

इस्लामावाद। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ४५ हजार ८९८ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन्। विगत २४ घण्टामा पाकिस्तानमा दुई हजार भन्दा बढी संक्रमित थपिएका बताइएको छ।

पाकिस्तानमा संक्रमितमध्येका ९८५ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन्। वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तनमा बुधबार मात्र ४६ जना संक्रमितको ज्यान गएको छ।

विगत २४ घण्टा भित्रमा यहाँका ५० जनाको मृत्यु भएको र दुई हजार जनाभन्दा बढी संक्रमित थपिएको वल्र्डओमिटरले जनाएको छ। पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ। सो राज्यमा १७ हजार भन्दा बढी व्यक्ति संक्रमणमा परेका छन्।

त्यसैगरी पञ्जावमा १६ हजार, खैबर पाख्तुनख्वामा छ हजार ३२५, बलुचिस्तानमा दुई हजार ८२० गिलगित बाल्टिस्तानमा ५५०, इस्लामावादमा एक हजार ३४ र पाकिस्तान प्रशासित काश्मिरमा ११५ जना संक्रमित रहेका छन्।

संक्रमितहरुमध्ये १३ हजार १०१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ। अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३१ ह्जार ८१२ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ