arrow

भारतमा कोरोना संक्रमित १ लाख १२ हजार बढी, महाराष्ट्र अनियन्त्रित 

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको छ । २४ घण्टाको अवधिमा ५ हजार ५४७ जना संक्रमित बढेका छन् ।

१३२ जना नयाँ मृतक थपिएका छन् । मृतकको संख्या ३ हजार ४३४ पुगेको छ । २४ घण्टामा ३ हजार ११३ जनालाई निको भएको छ । 

महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । महाराष्ट्रमा २ हजार १६१ जना थपिएका छन् । कुल संक्रमित २ हजार १६१ थपिएका छन् । मृतक नयाँ ६५ थपिएर १ हजार ३९० पुगेका छन् । 

तमिलनाडुमा ७४३ थपिएर १३ हजार १९१ पुगेका छन् । गुजरातमा १२ हजार ५३९ पुग्दा मृतक ७४९ पुगेका छन् । 

दिल्लीमा ५३४ जना थपिएर संक्रमित ११ हजार ८८ पुगेका छन् । मृतक १७६ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ