arrow

पेरुमा कोरोना संक्रमित एक लाख, तीन हजारको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
peru-map.jpg

लिमा। दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ भने तीन हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको पछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएका छन् । गत अप्रिल ३० यता संक्रमित र मृत्यु हुनेको दर तीन गुणाले बढेको छ। 

भाइरस फैलिन नदिन पेरुमा नौ हप्तादेखि लकडाउन जारी छ, र यसबाट मुलुकको अर्थतन्त्र अत्यन्त नाजूक अवस्थामा पुगेको छ। पेरुको करिब ३ करोड २० लाख जनसंख्यामध्ये एक तिहाई बसोबास गर्ने लिमा र तटीय शहर कालाओमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। 

पेरुका अस्पतालमा बिरामीको संख्या व्यापक रुपमा बढ्नुका साथै अस्पतालहरुमा स्वास्थ्य सामग्रीको चरम अभाव हुन थालेको छ । राजधानी लिमको उनानु अस्पतालमा कार्यरत नर्स मिगेल अर्मासले यहाँका अवस्था अहिले “हरर फिल्म” (तर्साउने फिल्म) हेरेजस्तो देखिएको बताए। स्वास्थ्य मन्त्रालयले कोविड–१९ का बिरामी उपचारका लागि हाल ७ हजार ५०० व्यक्ति अस्पताल भर्ना भएको जनाएको छ।

स्थानीयबासीले चिकित्सा सेवाको पर्याप्त व्यवस्था नहुँदा संक्रमितहरुको घरघरमै ज्यान गइरहेको गुनासो गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ