arrow

भारतमा ६ हजार बढी थपिए कोरोनाका नयाँ संक्रमित 

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
corona-india4.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको छ । २४ घण्टाको अवधिमा ६ हजार २९ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार ५ हजार ५४७ जना नयाँ संक्रमित बढेका  थिए । 

१४८ जना नयाँ मृतक थपिएका छन् । बुधबार १३२ जना नयाँ मृतक थपिएका थिए । मृतकको संख्या ३ हजार ५८४ पुगेको छ । 

२४ घण्टामा ३ हजार १३१ जनालाई निको भएको छ । निको हुनेको संख्या ४८ हजार ५५३ पुगेको छ । 

अन्य देशको तुलनामा निको हुनेको संख्या र मृतकको दर कम भएको भए पनि पछिल्ला दिनमा संक्रमित निकै नै बढेका छन् । 

महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । महाराष्ट्रमा २ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित ४१ हजार ६४२ जना पुगेका छन् । मृतक नयाँ ६४ थपिएर १ हजार ४५४ पुगेका छन् । 

तमिलनाडुमा ७७६ थपिएर १३ हजार ९६७ पुगेका छन् । मृतक ९५ पुगेका छन् । 

गुजरातमा १२ हजार ५३९ पुग्दा मृतक ७७३ पुगेका छन् । 

दिल्लीमा ५७१ जना थपिएर संक्रमित ११ हजार ६५९ पुगेका छन् । मृतक १९४ पुगेका छन् । 

राजस्थानमा २१२ नयाँ संक्रमित थपिएर संक्रमित ६ हजार २२७ जना पुगेका छन् । मृतक १५१ पुगेका छन् ।

मध्यप्रदेशमा २४६ नयाँ संक्रमित थपिएर ५ हजार ९८१ जना पुगेका छन् । मृतक २७१ पुगेका छन् । 

भारतमा लकडाउनलाई व्यवस्थित पार्न नसक्नु र यातायातका साधन पनि सोही अनुसार चलाउन नसक्दा कोरोनाको संक्रमण बढेको बताइन्छ । 

सामाजिक दूरी कायम गर्न नसक्दा पनि संक्रमित बढेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ