arrow

नेपालमा कति पुगे कोरोना संक्रमित ? 

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
corona-nepal-health.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फेरि तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार दुई पुरुष र एक  महिलामा सङ्क्रमण देखिएको बताए ।

बिहीबार राति देखिएका नयाँ सङ्क्रमितमा बाँके नरैनापुर गाउँपालिका–३ निवासी ३२ वर्षीय पुरुष र  खजुरा गाउँपालिका–३ निवासी ४२ वर्षीया महिला तथा कपिलवस्तु शुद्धोधन गाउँपालिका १९ वर्षीय पुरुष  छन् ।  

अहिलेसम्म सङ्क्रमित ४५७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको हो । अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । 

उनका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

अहिलेसम्म ४९ जनालाई निको भएको छ । ४०१ जना आइसोलेसनमा छन् । 

२५ हजार ३० जना क्वारेन्टिनमा छन् । ३८ हजार ७४० वटा पीसीआर टेष्ट गरिएको छ ।

अपडेट

फेरि बढे नेपालमा कोरोना संक्रमित, पुगे ४८७ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ