arrow

सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारी निर्णयको नेपाल महिला संघद्वारा बिरोध

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
mahila4.jpg

पाल्पा । अति अशक्त अपाङता भएका व्यक्ती र ६० बर्ष उमेर मुनिका एकल बिधवा महिलाका लागि सरकारले दिदै आएको भत्ता हाललाई रोक्ने सरकारको निर्णय प्रति नेपाल महिला संघ पाल्पाले बिरोध गरेको छ । 
          
नेपाल महिला संघ पाल्पाले शुक्रबार प्रेस बिज्ञप्ति निकाल्दै नेपाल महिला संघ पाल्पा सदैव महिला दिदीबहिनीको हकहितमा लड्दै आइरहेको छ । बिगतका सरकारले नियमित दिदै आएको अति अशक्त अपाङ्गता र एकल महिलाको भत्ता यो सरकारले रोकेकोमा संघको ध्यानाकर्षण भएको जनाएको छ ।
           
नेपाल महिला संघकी अध्यक्ष गंगा पौड्याल, उपाध्यक्ष मिना पन्थी र सचिव सुनिता अधिकारीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ- अति अशक्त अपाङ्गता भएका व्यक्ती र ६० बर्ष उमेर मुनिका असहाय एकल महिलालाई दैनिकी चलाउन सहज हुने सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णयप्रति घोर भत्सर्ना गर्दै तत्काल यो निर्णय सच्याउन सरकार संग माग गर्दछौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ