arrow

भारतमा कांग्रेसहित २२ दलले सरकारलाई भने – यो समय वनम्यानसिपको हैन 

logo
प्रकाशित २०७७ जेठ १० शनिबार
99269336_732565367483999_1940883798233186304_n.jpg

काठमाडौ । भारतमा २२ दलका नेताहरुले यो समय सरकारले वनम्यानसिप र शोम्यानपसिप देखाउने बेला नभएको बताएका छन् । 

शुक्रबार कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा भएको भिडियो कन्फ्रेन्समा २२ दलले अम्फान तुफानलाई राष्ट्रिय आपतकाल घोषणा गर्न माग गरेका छन् । 

उक्त कन्फ्रेन्समा संकल्प प्रस्ताव पनि पास भएको छ । जसमा राहत र पुनर्वासलाई प्राथमिकता दिइएको छ । 

बैठकको साझा बयानमा भनिएको छ, ‘सरकारका लागि यो समय शोम्यानसिप र वनम्यानसिपको हैन । यो त संयुक्त प्रयासको समय हो । जो देशका जनताको हितमा होओस् । मानिस यही चाहिरहेका छन् ।’

विपक्षी दललाई ओडिशा र पश्चिम बंगाल सरकार र मानिसहरुको पनि सहयोग रहेको बताइएको छ । कांग्रेस सांसद राहुल गान्धीले भने, ‘हाम्रो एकमात्र त्यस्तो देश हो जहाँ लकडाउन लागू भएपछि कोरोना संक्रमणका मामला बढिरहेका छन् ।’

भारतमा २५ मार्चदेखि लकडाउन जारी छ । १८ मेदेखि यसको चौथो फेज सुरु भएको छ । यस क्रममा थुप्रै श्रमिकहरु सहरबाट पैदल घर गएका छन् । थुप्रै ठाउँमा दुर्घटनामा मजदूरको मृत्यु पनि भएको छ । 

भारतमा शुक्रबार एकै दिन सबैभन्दा बढी कोरोना संक्रमित 
भारतमा अहिलेसम्मकै बडी कोरोना भाइरसका संक्रमित थपिएका छन् । २४ घण्टामा सबैभन्दा बढी शुक्रबार ६ हजार ५७० जना संक्रमित थपिएका हुन् । 

योसंगै संक्रमितको संख्या १ लाख २४ हजार ७९४ पुगेको छ । यसअघि २४ घण्टाको अवधिमा बिहीबार ६ हजार २९ जना नयाँ संक्रमित थपिएका थिए । बुधबार ५ हजार ५४७ जना नयाँ संक्रमित बढेका  थिए । 

१४२ जना नयाँ मृतक थपिएका छन् । बिहीबार १४८ तथा बुधबार १३२ जना नयाँ मृतक थपिएका थिए । मृतकको संख्या ३ हजार ७२६ पुगेको छ । 

२४ घण्टामा ३ हजार २७१ जनालाई निको भएको छ । निको हुनेको संख्या ५१ हजार ८२४ पुगेको छ । 

अन्य देशको तुलनामा निको हुनेको संख्या र मृतकको दर कम भएको भए पनि पछिल्ला दिनमा संक्रमित निकै नै बढेका छन् । 

महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी २ हजार ९४० जना संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको अहिलेसम्मकै उच्च हो । 

यसघघि बिहिबार २ हजार ३४५ जना नयाँ संक्रमित थपिएका थिए । कुल संक्रमित ४४ हजार ५८२  जना पुगेका छन् । मृतक नयाँ ६३ थपिएर १ हजार ५१७ पुगेका छन् । 

महाराष्ट्र एक्लै भारी परेको छ । बाँकी सबै प्रदेश एकातिर र महाराष्ट्र एकातिर जस्तो देखिएको छ ।

तमिलनाडुमा ७८६ थपिएर १७ हजार ७५३ पुगेका छन् । मृतक ९९ पुगेका छन् । 

गुजरातमा संक्रमित १३ हजार २७३ पुग्दा मृतक ८०२ पुगेका छन् । 

दिल्लीमा ६६० जना थपिएर संक्रमित १२ हजार ३१९ पुगेका छन् । मृतक २०८ पुगेका छन् । 

राजस्थानमा २६७ नयाँ संक्रमित थपिएर संक्रमित ६ हजार ४९४ जना पुगेका छन् । मृतक १५३ पुगेका छन् ।

मध्यप्रदेशमा १८९ नयाँ संक्रमित थपिएर ६हजार १७० जना पुगेका छन् । मृतक २७२ पुगेका छन् । 

भारतमा लकडाउनलाई व्यवस्थित पार्न नसक्नु र यातायातका साधन पनि सोही अनुसार चलाउन नसक्दा कोरोनाको संक्रमण बढेको बताइन्छ । 

सामाजिक दूरी कायम गर्न नसक्दा पनि संक्रमित बढेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ