arrow

भारतमा कोरोनाः संक्रमितको संख्यामा शनिबार तोडियो रेकर्ड, यस्तो छ तथ्यांक

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
corona-india2.jpg

काठमाडौं । भारतमा अहिलेसम्मकै बडी कोरोना भाइरसका संक्रमित थपिएका छन् । २४ घण्टामा सबैभन्दा बढी शनिबार ६ हजार ६६३ जना नयाँ संक्रमित थपिएका छन् । 

यसअघि शुक्रबार ६ हजार ५७० जना संक्रमित थपिएर रेकर्ड बनेको थियो । 

१४२ जना नयाँ मृतक थपिएका छन् । शुक्रबार पनि १४२ जना नै मृतक थपिएका थिए । बिहीबार १४८ तथा बुधबार १३२ जना नयाँ मृतक थपिएका थिए । मृतकको संख्या ३ हजार ८६८ पुगेको छ । 

२४ घण्टामा २ हजार ५५२ जनालाई मात्र निको भएको छ । शुक्रबार ३ हजार २७१ जनालाई निको भएको थियो । निको हुनेको संख्या ५४ हजार ३८५ पुगेको छ । 

अन्य देशको तुलनामा निको हुनेको संख्या र मृतकको दर कम भएको भए पनि पछिल्ला दिनमा संक्रमित निकै नै बढेका छन् । 

महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी शनिबार २ हजार ६०८ जना संक्रमित थपिएका छन् । शुक्रबार २ हजार ९४० जना संक्रमित थपिएका थिए । यो एकैदिन थपिएको अहिलेसम्मकै उच्च हो । 

यसघघि बिहिबार २ हजार ३४५ जना नयाँ संक्रमित थपिएका थिए । कुल संक्रमित ४७ हजार १९०  जना पुगेका छन् । मृतक नयाँ ६० थपिएर १ हजार ५७७ पुगेका छन् । 

महाराष्ट्र एक्लै भारी परेको छ । बाँकी सबै प्रदेश एकातिर र महाराष्ट्र एकातिर जस्तो देखिएको छ ।

तमिलनाडुमा ७५९ थपिएर १५ हजार ५१२ पुगेका छन् । मृतक १०४ पुगेका छन् । 

गुजरातमा संक्रमित १३ हजार ६६९ पुग्दा मृतक ८२९ पुगेका छन् । 

दिल्लीमा ५९१ जना थपिएर संक्रमित १२ हजार ९१० पुगेका छन् । मृतक २३१ पुगेका छन् । 

राजस्थानमा २४८ नयाँ संक्रमित थपिएर संक्रमित ६ हजार ७४२ जना पुगेका छन् । मृतक १६० पुगेका छन् ।

मध्यप्रदेशमा २०१ नयाँ संक्रमित थपिएर ६ हजार ३७१ जना पुगेका छन् । मृतक २८१ पुगेका छन् । 

भारतमा लकडाउनलाई व्यवस्थित पार्न नसक्नु र यातायातका साधन पनि सोही अनुसार चलाउन नसक्दा कोरोनाको संक्रमण बढेको बताइन्छ । 

सामाजिक दूरी कायम गर्न नसक्दा पनि संक्रमित बढेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ