arrow

अमेरिकामा कोरोनाः संक्रमित र मृतकमा सधै अगाडि, न्यूयोर्कमा पहिलो पटक मृतक सय मुनि 

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
corona-usa-trump1.jpg

काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा संक्रमित अमेरिकाले गत मार्चदेखि हरेक दिन सबैभन्दा बढी संक्रमित र सबैभन्दा बढी मृतकको कीर्तिमान राखिरहेको छ । 

अहिलेसम्म १६ लाख ६६ हजार ८२८ जना संक्रमित भएका छन् । जहाँ मृतकको संख्या ९८ हजार ६८३ जनाको ज्यान गएको छ । 

४ लाख ४६ हजार ७८४ जनालाई मात्र निको भएको छ । 

शनिबार २२ हजारको हाराहारीमा संक्रमित थपिएका छन् । १ हजार ३६ जना नयाँ मृतक थपिएका छन् । 

सबैभन्दा बढी संक्रमित न्यूयोर्कमा भएका छन् । न्यूयोर्कमा ३ लाख ६९ हजार ६५६ जना संक्रमित भएका छन् । २९ हजार ११२ जनाको ज्यान गएको छ । 

पहिलो पटक शनिबार न्यूयोर्कमा १०० भन्दा कमको ज्यान गएको छ । शनिबार ८४ जनाको मात्र ज्यान गएको बीबीसीले लेखेको छ । 

गएको मार्च अन्तिमदेखि निरन्तर सय भन्दा बढीको ज्यान गएकोमा शनिबार पहिलो पटक त्योभन्दा कमको ज्यान गएको हो । 

गभर्नर एन्ड्रयु क्युमोले अघिल्लो दिन १०९ जनाको ज्यान गएको बताए । उनले सधै सय भन्दा कम गर्न कहिले सकिएला भनेर सोच्ने गरेको पनि बताए । 

उनले सय भन्दा कम हुँदै जानु पनि सुधारको संकेत भएको बताएका छन् । 

शनिबार सबैभन्दा बढी न्यूजर्सीमा ९७ जनाको ज्यान गएको छ । न्यूजर्सीमा १ लाख ५४ हजार ७१३ जना संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ