arrow

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

logo
एएफपी,
प्रकाशित २०७७ जेठ ११ आइतबार
israel-PM-benjamin-netanyahu.jpg

जेरूसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ। पहिलो दिनको सुनुवाई करिब एक घण्टा भएको इजरायली अधिकारीले बताएका छन्। सुनुवाईका क्रममा नेतन्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राखेका छत्। त्यसपछि अदालतले सुनुवाईलाई स्थगित गरेको थियो।

इजरायली राजनीतिमा अनुभवी नेता नेतन्याहुको पक्षमा वकालत गर्ने टोलीले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेका बताइएको छ। अदालतले अर्को सुनुवाईकाको लागि मिति निर्धारण नगरिकन सुनुवाईलाई स्थगित गरेको छ। उनीमाथि पदीय मर्यादा विपरी घुस, धोखावाजी र विश्वासको उल्लङ्घन गरी भ्रष्ट आचार देखाएको आरोप लगाइएको छ।

करिब एक वर्षको राजनीतिक विवादलाई सल्टाउँदै उनी गठबन्धन सरकारको प्रधानमन्त्री बनेको केही दिनपछि भएको सुनुवाईका लागि उनी सरकारी सुरक्षा गार्डसहित शानदार तरिकाले अदालत परिसर पुगका थिए।

सुनुवाईका लागि अदालतमा प्रवेश गर्नु पहिले प्रधानमन्त्री नेतन्याहुले भने, “म सुनुवाईका लागि उच्च शीर बनाएर आएको छु। किनकि ममाथि लगाइएका आरोपहरू गलत छन्। जनताले यसको निर्णय मलाई प्रधानमन्त्रीका रूपमा पठाएर दिइसकेको छन्। अदालतले ढिलोचाँडो यसको अनुमोदन गर्नेछ।”

उनले सबै कुरालाई छाँटकाँट वा सम्पादन नगरी प्रत्यक्ष प्रशारण गर्न र सर्वसाधारण नागरिकलाई जानकारी दिन आग्रह गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ