हङकङमा फेरि लाग्यो स्वतन्त्रताको नारा, चीनले प्रस्ताव गरेको सुरक्षा कानूनको विरोध
प्रकाशित २०७७ जेठ १२ सोमबार
476
Shares
काठमाडौं। राष्ट्रिय सुरक्षा विधेयकमा समेटिएको सुपुर्दगी प्रावधानको विरोधमा हङकङमा फेरि बिरोध प्रदर्शन शुरु भएको छ। गत बर्ष पनि हप्तौसम्म प्रदर्शन भएको थियो।
कोरोना महामारीका कारण लगाइएको विभिन्न प्रतिवन्धका वावजुद मानिसहरु सडकमा बिरोध प्रदर्शनका लागि उत्रिएका छन्। चीनको प्रस्तावित नयाँ कानूनको विरोधमा आइतवार हजारौं व्यक्तिहरु सडकमा ओर्लिएका छन्। यसक्रममा स्थानिय प्रहरीले प्रदर्शनकारीहरुलाई तितरवितर पार्न अश्रुग्याँस प्रहार गरेको थियो।
आइतवार दिउँसो कालो कपडा लगाएका प्रदर्शनकारीहरुले प्रख्यात सपिङ डिष्ट्रिकमा जम्मा भएर प्रस्तावित नयाँ कानूनको बिरुद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरुले हङकङसँग ऐक्यवद्धता, हङकङलाई स्वतन्त्र गर जस्ता नारा लगाएका थिए। प्रदर्शनका क्रममा अगुवा प्रदर्शनकारी टैम टैक ची लाई प्रहरीले गिरप्तार गरेको छ।
चीन हङकङमा रहेका लोकतन्त्र समर्थक आन्दोलनकारहरुलाई तह लगाउने राष्ट्रिय सुरक्षा एजेन्सी स्थापनाको तयारीमा छ। चीनका सरकारी मीडियाका अनुसार चीन विवादास्पद सुरक्षा कानूनका समर्थनको लागि राष्ट्रिय सुरक्षा एजेन्सी स्थापनाको तयारीमा रहेको छ।
चीनले हङकङमा राष्ट्रीय सुरक्षासँग जोडिएको विवादित विधेयकको मस्यौदा शुक्रवार संसदमा पेश गरेको छ। यो प्रस्तावित कानूनले बेलायतको पूर्व उपनिवेश रहेको हङकङमाथि नियन्त्रणलाई अझ मजवुत बनाउने चीनको विश्वास रहेको छ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सूचना संकलनलाई वढाउने तथा राजद्रोह, थृथकतवादी आन्दोलन, देशद्रोह र तोडफोडको गतिविधिहरुलाई रोक्ने उद्देश्यले हङकङमा राष्ट्रिय सुरक्षा एजेन्सीको स्थापित गर्ने तयारीमा चीन रहेको बताएको छ। ।
हङकङमा लोकतन्को आन्दोलनको माग सहित शुरु भएको आन्दोलन दवाउन चीनले षडयन्त्र गरेको भन्दै अमेरिकाको भनाई आए लगत्तै बेलायत, अस्ट्रेलिया र क्यानडाले संयुक्त वक्तव्य जारी गरि चीनको कार्वाहीप्रति चिन्ता व्यक्त गरेका छन्।
उनीहरुको संयुक्त बक्तव्यमा प्रस्तावित कानूनले एक राष्ट्र दुई व्यवस्थाको सिद्धांतलाई उल्लंघन गरेको बताएका छन्। यहि सिद्धान्तकै आधारमा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गरेकव थियो।
चीनमा गत साल पनि जुनमा विरोध प्रद्शन भएको थिषो। सो क्रममा कैयन हिंसात्मक झडपहरु भएका थिए भने ७ हजार प्रदर्शनकारीहरु गिरप्तार भएका थिए।