arrow

रुसमा एकै दिनमा नौ हजार संक्रमित, ९२ को मृत्यु

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
corona-russia.jpg

मस्को । रुसमा कोरोना भाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति संक्रमित भएका छन् । 

योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

त्यसैगरी कोरोनाभाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

संक्रमितहरुको सङ्ख्याको बृद्धिको तुलनामा मृत्यु हुनेहरुको सङ्ख्या अन्य देशमाभन्दा कम रहेको उनीहरुले बताएका छन् । 

तर कतिपयले भने सरकारले तथ्याङ्कमा गडबडी गरेको आरोप पनि लगाउँदै आएका छन् । उनीहरुले संक्रमित हुने र मृत्यु हुनेहरुको वास्तविक सङ्ख्या अहिले सार्वजनिक गरिएभन्दा फरक रहेको हुनसक्ने बताउनेगरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ