arrow

सरकारले लकडाउनको पालना गराउन नसकेको राहुल गान्धीको आरोप

logo
एएनआई,
प्रकाशित २०७७ जेठ १३ मंगलबार
rahul_gandhi11.JPG

नयाँ दिल्ली । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन नसकेको आरोप लगाएका छन् । उनले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै आएका छन् । यसैक्रममा मङ्गलबार पनि उनले सरकारले लागू गरेको लकडाउनको राम्रोसँग पालना गराउन नसकेको आरोप लगाएका हुन्।

आज सम्वाददाताहरुसँग गरेको अन्तरक्रियाका क्रममा उनले सो आरोप लगाएका हुन्। उनले भारतमा ठूलो संख्यामा कोरोनाका संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको र त्यसमा सरकारको काम प्रभावकारी हुन नसकेको पनि बताए ।

उनले भनेका थिए – यो लकडाउन किन र केका लागि गरिएको हो भन्ने उद्देश्य पनि प्राप्त हुन सकेको छैन, दिन प्रतिदिन विरामीहरु बढ्दै छन् र यो सबै सरकारले घोषणा गरेको लकडाउनको नीति बमोजिम काम हुन नसकेर हो ।

उनले भारतले चार  चरणको लकडाउन पनि पार गरेको र यो अवधिमा खासै उपलब्धि हुन नसकेको भन्दै अब सरकारले अघि सार्ने रणनीति के हो भन्ने कुरा भारतीय जनताले जान्न चाहेका छन् भने।

पहिले प्रधानमन्त्रीले चार चरणको लकडाउनबाट सबै ठीक हुन्छ भनेको भए पनि अहिले भारतमा सोचेभन्दा पनि बढीको दरमा कोरोनाका संक्रमितहरु बढिरहेकोले अब सरकारले के नीति बनाउँछ भन्ने बारेमा हेर्न भारतीय जनता आतुर रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ