arrow

ब्रजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई पूर्व घोषित समयभन्दा दुई दिन पहिल्यै प्रवेश प्रतिबन्ध

logo
पीटीआई,
प्रकाशित २०७७ जेठ १३ मंगलबार
brazil-usa.jpg

वासिङ्टन। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाद्वारा मङ्गलबारदेखि ब्रजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। अमेरिकाले यस पहिले गरेको निर्णयमा ब्रजिलबाट अमेरिका प्रवेशमा बिहीबारदेखि प्रतिबन्ध लगाउने बताइएको थियो। यो निर्णय अमेरिकी नागरिकका लागि भने लागु नहुने अमेरिकाले जनाएको छ। व्हाइट हाउसले स्थानीय समय अनुसार सोमबार आफ्नो पूर्व निर्णयमा परिवर्तनको घोषणा गरेको हो। 

जोन्स हकिन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार ब्रजिल कोरोना भाइरस सङ्क्रमणका हिसाबले अमेरिका पछि दोस्रो स्थानमा रहेको छ। ह्वाइट हाउसले ब्रजिलको स्थिति ल्याटिन अमेरिकाको सबैभन्दा बढी प्रभावित देशको रूपमा आइतबार बताएको छ। यो प्रतिबन्धको घोषणाले अमेरिकामा थप सङ्क्रमितको सङ्ख्यालाई नियन्त्रण गर्न मद्दत गर्ने अमेरिकाको विश्वास छ।

प्रतिबन्ध अमेरिकी नागरिक वा कानूनीरूपमा स्थायी बासिन्दाका रूपमा प्रमाणित विदेशी नागरिक र उनीहरूका पति, पत्नी, आमाबाबु तथा बच्चाहरूमा लागू हुँदैन। अमेरिकामा मङ्गलबारसम्ममा विश्वकै सबैभन्दा बढी १७ लाख आठ हजार २६५ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ब्रजिलमा विश्वकै दोस्रो धेरै तीन लाख ७६ हजार ६६९ सङ्क्रमित रहेका छन्।

विश्वमा धेरै सङ्क्रमण भएका अन्य मुलुकहरूमा रूसमा तीन लाख ६२ हजार ३४२, स्पेनमा दुई लाख ८२ हजार ४८०, बेलायतमा दुई लाख ६१ हजार १८४, स्पेनमा दुई लाख ३० हजार १५८ र फ्रान्समा एक लाख ८२ हजार ९४२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ