arrow

किन थामिएन ब्रजिल र रुसमा कोरोना संक्रमण ? 

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
corona-hospital1.jpg

काठमाडौं । विश्वका युरोपेली अन्य मुलुकहरुमा कोरोनाको संक्रमण कमजोर बन्दै जाँदा ब्रजिल र रुसमा भने रोकिने लक्षण आएको छैन । 

पछिल्लो डेढ महिनादेखि निरन्तर उच्च गतिमा संक्रमित थपिएपछि ब्रजिल दोस्रो र रुस तेस्रो स्थानमा पुगेका छन् । 

ब्रजिलमा अहिले दैनिक १५ हजारको हाराहारीमा र रुसमा ९ हजारको हाराहारीमा संक्रमित थपिँदै आएका छन् । 

पछिल्लो २४ घण्टामा ब्रजिलमा १५ हजार ६९१ जना संक्रमित थपिएका छन् । योसंगै ब्रजिलमा संक्रमित ३ लाख ९२ हजार ३६० पुगेका छन् । 

मृतकको संख्या १ हजार २७ जना नयाँ थपिएर २४ हजार ५४९ पुगेको छ । पहिलो पटक ब्रजिलमा मृतक एकैदिन सबैभन्दा बढी भएका हुन् । 

ब्रजिलले अमेरिकालाई पनि उछिनेको छ । 

त्यसैगरी रुस तेस्रो स्थानमा छ । रुसमा अहिलेसम्म ३ लाख ६२ हजार ३४२ संक्रमित पुगेका छन् । २४ घण्टामा ८ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन् । 

रुसमा मृतकको संख्या ३ हजार ८०७ पुगेको छ । पछिल्लो २४ घण्टामा १७४ नयाँ संक्रमित थपिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ