arrow

अमेरिकामा कोरोनाका दैनिक संक्रमित घटेनन्, मृतक घटे 

लाख नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
trump-malania.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक बढ्दै गइरहेको छ । मृतकको संख्या दैनिक घट्दै गइरहे पनि संक्रमितको संख्या घटेको छैन । 

पछिल्लो २४ घण्टामा १९ हजार ४९ जना संक्रमित थपिँदा ७७४ जना मृतक थपिएका छन् । 

संक्रमितको दर उही रहेको छ भने मृतक १५ सयबाट आधा घटेका छन् । 

अहिलेसम्म अमेरिकामा १७ लाख २५ हजार २७५ जना संक्रमित भएका छन् । १ लाख ५७९ जना मृतक पुगेका छन् ।  

४ लाख ७९ हजार ९६९ जनालाई मात्र निको भाएको छ । सबैभन्दा प्रभावित न्यूयोर्कमा ३ लाख ७३ हजार ६२२ जना संक्रमित भएका छन् । मृतक २९ हजार ४५१ जना पुगेका छन् । 

दोस्रो स्थानको न्यूजर्सीमा १ लाख ५७ हजार १५ जना संक्रमित पुगेका छन् । ११ हजार १९७ जना मृतक थपिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने कोरोना संक्रमित र मृतक घटेको भन्दै उनी राजनीतिक क्रियाकलापमा सक्रिय भइरहेका छन् । 

उनी पुनः दोस्रो पटक राष्ट्रपतिका लागि प्रयासरत छन् । उनी कोरोना नियन्त्रणमा पूर्णरुपले असफल भए पनि आफ्नो रवाफ भने कायम राखेका छन् । 

ट्रम्पले कोरोनाका विषयमा आफूलाई विवादमा पनि ल्याएका छन् । उनले कोरोना रोक्न आफूले औलोको औषधि खाएको पनि बताएका छन् । 

विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोक्ने अभिव्यक्ति दिएपछि डब्लुएचओले पनि औलोको औषधि नखान सबैलाई चेतावनी दिएको छ । यसबाट मानिसको ज्यान जाने भन्दै प्रतिवन्ध नै लगाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ