arrow

भारतमा कोरोनाबाट एकै दिन गयो १७० जनाको ज्यान 

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
corona-india3.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या डेढ लाख नाघेको छ । बुधबार बिहानसम्म ५ हजार ८४३ जना नयाँ संक्रमित थपिएर संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको छ । 

एक हप्तादेखि दैनिक ६ हजार भन्दा बढी संक्रमित हुनेको संख्या थपिँदै गएकामा मंगलबार घटेको हो । 

मंगलबार बिहानसम्म संक्रमितको संख्या १ लाख ४४ हजार ९५० रहेको थियो । सोमबार यो संख्या १ लाख ३८ हजार  ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको थियो ।  

आइतबार मात्रै सबैभन्दा बढी २४ घण्टामा ६ हजार ९७७ जना नयाँ संक्रमित भेटिएका थिए । 

अहिलेसम्म ४ हजार ३४४ जनाको ज्यान गएको छ । २४ घण्टामा १७० जना थपिएका छन् । 

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६४ हजार २७७ जना रहेको पनि जनाइएको छ । एकैदिन ३ हजार ५७१ जनालाई निको भएको छ ।

हाल भारतमा ८२ हजार १६१ जना कोरोना संक्रमित उपचाररत रहेको समाचारमा जनाइएको छ । 

सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । त्यहाँमात्र ५४ हजार ७५८ जना संक्रमित रहेका छन् । २ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या १ हजार ७९२ रहेको छ । 

महाराष्ट्रपछि तमिलनाडु दोस्रो स्थानमा रहेको छ । त्यहाँ १७ हजार ७२८ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । मृतक १२८ रहेका छन् । 

तेस्रो स्थानको गुजरातमा १४ हजार ८२९ संक्रमति रहेका छन्  । मृतक ९१५ पुगेका छन् । 

चौथो स्थानको दिल्लीमा १४ हजार ४६५ जना कोरोना संक्रमित रहेका छन् । मृतक २८८ पुगेका छन् । 

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  

कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  ।  

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  

भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो ।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

 भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । 

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । 

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ