- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वलाई नै अस्तव्यस्त पारिरहँदा विभिन्न अध्ययन अनुसन्धान भइरहेका छन् ।
त्यो अध्ययनका अनुसार दिनमा ६ पटक साबुनले हात धुँदा र मास्क लगाइराख्दा कोरोनाको खतरा ९० प्रतिशत कम हुन जान्छ ।
मास्क लगाउनासाथ ९० प्रतिशतसम्म ड्रप्लेट्स (रुघाखोकीका छोटा छिटा) बाट हुने संक्रमण रोक्न सकिन्छ ।
एडिनबर्ग विश्वविद्यालयका शोधकर्ताहरुले सात अलग अलग प्रकारले अनुसार छोपेर मास्क लगाउने विषयमा अनुसन्धान गरेका थिए ।
यिनमा मेडिकल मास्क र घरेलु मास्क पनि सामेल गरिएको थियो । शोधकर्ताहरुले दुवैथरि मास्कले कोरोना रोक्न सक्छन् ।
डा फेलिसिटी मेहनलेउका अनुसार चाहे घरमा बनेका हुन् वा सर्जिकल हुन् सबै मास्कले सीधा तरिकाले आउने भाइरसलाई रोक्न सक्छन् ।
शोधकर्ताहरुका अनुसार केही मास्कको किनारबाट आवा अनुहारभित्र छिर्न थाल्छ भने त्यो राम्रो हुँदैन । तर सर्जिकल र परीक्षित घरेलु मास्कले उक्त फ्लोलाई रोक्ने काम गर्दछ । मास्कको चारैतिर जब हावा जाने ठाउँ छैन भने त्यो सबैभन्दा सुरक्षित छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कपडा या फेब्रिकको मास्क लगाउन अपीलसमेत गरेको छ ।
विश्व स्वास्थ्य संगठनले हात धुने तरिकासमेत दिएको छ । कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुन पनि आग्रह गरेको छ ।