arrow

हङकङमा विवादास्पद राष्ट्रिय गान बिल

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
Capture11.JPG

काठमाडौं । हङकङमा राष्ट्रिय गान बिलको विरोध भइरहेको छ । विधायिकामा यो बिलको दोस्रो रिडिङ चलिरहँदा विरोधमा आन्दोलन चर्केपछि प्रहरीले बिधायिका घेरेर राखेको छ । 

बुधबार बिहान विधायिकामा दोस्रो रिडिङ हुँदै गर्दा बाहिर प्रदर्शनकारीहरुले प्रदर्शनमा उत्रने धम्की दिएपछि सुरक्षाकर्मी चनाखो बनेको हो । 

यो विधेयकले चीनको राष्ट्रिय गानलाई ‘अनादर’ गर्न फौजदारी अपराध बनाउने छ ।  यसका लागि विद्यालयहरुमा गानबारे चर्चा चलाउनुपर्छ र संघसंस्थाहरुले राष्ट्रिय गान गाउनु पर्नेछ । 

लेग्कोको रुपमा परिचिति विधान परिषदको बिहान सुरु हुनै लाग्दा प्रहरीले कडा सुरक्षा प्रवन्ध गरेको छ । 

चीनले हङकङमाथि पू्र्ण हस्तक्षेपको नीति लिँदा अप्ठेरो भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ