arrow

भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित, सबैभन्दा बढी मृत्यु 

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
corona-india5.JPG

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या चरम स्थितिमा पुगेको छ । संक्रमित एकैदिन सबैभन्दा बढी थपिएका छन् । २४ घण्टामा भारतमा ७ हजार २७० जना संक्रमित थपिएका छन् । 

यो अहिलेसम्मकै बढी हो । यसअघि गत आइतबार मात्रै सबैभन्दा बढी २४ घण्टामा ६ हजार ९७७ जना नयाँ संक्रमित भेटिएका थिए । 

त्यसैगरी मृत्यु पनि २४ घण्टामा अहिलेसम्मकै उच्च भएको छ । १८७ जनाको मृत्यु भएको छ । 

बिहीबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८६पुगेको छ । 

सक्रिय संक्रमितको संख्या ८५ हजार ७९२ रहेको छ । त्यस्तै २४ घण्टामा ३ हजार ४७२ जनालाई निको भएको छ । निको हुनेको संख्या ६७ हजार ७४९ पुगेको छ ।

मृत्यु हुनेको संख्या ४ हजार ५३४ पुगेको छ । २४ घण्टामा १८७ जना थपिएका हुन् । 

सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । त्यहाँमात्र ५६ हजार ९४८ जना संक्रमित रहेका छन् । २ हजार १९० जना नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या १ हजार ८९७ रहेको छ । 

महाराष्ट्रपछि तमिलनाडु दोस्रो स्थानमा रहेको छ । त्यहाँ १८ हजार ५४५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । मृतक १३६ रहेका छन् । 

तेस्रो स्थानको दिल्लीमा १५ हजार २५७ संक्रमति रहेका छन्  । मृतक ३०३ पुगेका छन् । 

चौथो स्थानको गुजरातमा  १५ हजार २०५ जना कोरोना संक्रमित रहेका छन् । मृतक ९३८ पुगेका छन् । 

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  

कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  ।  

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  

भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो ।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

 भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । 

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । 

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ