arrow

रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

logo
एएनआई,
प्रकाशित २०७७ जेठ १५ बिहिबार
russia6.jpg

मस्को। रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन्। रसियाली राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै उक्त दुबै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ। 

यी बैठकहरु सेन्टपिटर्सबर्गमा आगामी जुलाई २१ देखि २३ सम्म आयोजना हुने गरी तय भएका थिए। क्रेमलिनका अनुसार सहभागी मुलुक तथा विश्वव्यापी कोरोनाभाइरसको अवस्था पुनर्मूल्याँकन गरी नयाँ मिति घोषणा गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ