arrow

साउदीमा लकडाउन खुकुलो गरेकै दिन नयाँ संक्रमित कमी, बिहीबारै ३ हजार बढी उपचारपछि घर फर्किए

साउदीमा संक्रमित ८० हजार, मृतक ४४१

logo
अरशद शेष राई
प्रकाशित २०७७ जेठ १५ बिहिबार
corona-saudi-jpeg.jpg

साउदी अरेबिया। साउदी अरेबियाले लकडाउनमा खुकुलो गरेको दिन नै नयाँ कोरोना संक्रमित भेटिनेको संख्या घटेर १ हजार ६ सयमा झरेको छ। बिहिवार नयाँ भेटिएका कोरोना संक्रमितको संख्या घटेपछि पनि कोरोना भाइरस संक्रमितको संख्या ८० हजार भन्दा माथि पुगेको छ । जबकि ४ सय भन्दा बढीको ज्यान गएको छ ।

दिनदिनै बढ्दै गएको कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियामा देशलाई नै लकडाउन गरेपछि बिहिवार एकै दिन नै नयाँ कोरोना संक्रमितको संख्यामा कमि देखिएको हो । बिहीबार १ हजार ६ सय ४४ जना नयाँ कोरोना संक्रमित मात्र भेटिए पनि बिहीबार सम्म कोरोना संक्रमितको संख्या ८० हजार १ सय ८५ जना पुगेका छन ।

बिहिवार एकैदिन थपिएका नयाँ कोरोना संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियादमा ६ सय ११, जद्दा ३ सय ६०, मक्कामा १ सय ४८, दम्माममा १ सय १, हुफुपमा ९१, मदिनामा ५०, खोबरमा ४६ जनागरि १ हजार ६ सय ४४ जना नयाँ संक्रमित भेटिएका हुन ।
 
साउदी अरेबियामा हजारौको संख्यामा कोरोना भाइरसको संक्रमित जति थपिन्छन् त्यो भन्दा बढी बिहिवार कोरोना संक्रमितहरु उपचारपछि निको भएका छन् । बिहीबार सम्म ५० हजार भन्दा बढी कोरोना संक्रमितहरु निको भइ घर फर्किएका छन ।

कोरोना भाइरसको संक्रमित रहेका मध्ये बिहीबार एकैदिन ३ हजार ५ सय ३१ जना उपचार पछि निको भएका छन् जबकि बिहीबारसम्म ५४ हजार ५ सय ५३ जना कोरोना संक्रमितहरु उपचार पछि निको भई घर फर्किएका साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ