arrow

कोरोनाबाट विश्वभर २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित, अमेरिकालाई उछिन्यो ब्रजिलले

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
corona-usa-newyork.jpg

काठमाडौं । कोरोना भाइरसबाट एकै दिन विश्वभर अहिलेसम्मकै बढी एक लाख १६ हजार पाँच सय संक्रमित बढेका छन् । 

यो २४ घण्टामा अहिलेसम्मकै बढी हो । त्यस्तै लगातार तीन महिनादेखि अमेरिकाले सबैलाई उछिन्दै आएकामा २४ घण्टाको अवधिमा ब्रजिलले अमेरिकालाई उछिनेको छ । 

ब्रजिलमा २४ हजार १५१ जना संक्रमित हुँदा अमेरिकामा २२ हजार ६५८ जना संक्रमित भएका छन् । त्यस्तै मृतक पनि ब्रजिलमै बढी भएका छन् । 

ब्रजिलमा १२९४ जनाको ज्यान जाँदा १२२३ जनाको ज्यान गएको छ । 

विश्वमा ५९ लाख १ हजार संक्रमित हुँदा ३ लाख ६१ हजार ८ सयको ज्यान गएको छ । अमेरिकामा १७ लाख ६८ हजार ४६१ जना संक्रमित हुँदा १ लाख ३ हजार ३३० जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको ब्रजिलमा ४ लाख ३८ हजार ८१२ जना संक्रमित हुँदा २६ हजार ९९१ जनाको ज्यान गएको छ । 

तेस्रो स्थानको रुसमा ३ लाख ७९ हजार ५१ जना संक्रमित हुँदा नयाँ संक्रमित ८ हजार ३७१ रहेका छन् । नयाँ १७४ सहित मृतकको संख्या ४ हजार १४२ जनाको ज्यान गएको छ । 

बेलायतमा मृतकको संख्या नयाँ ३७७ सहित ३७ हजार ८३७ जनाको ज्यान गएको छ । इटालीमा ३३ हजार १४२ जनाको ज्यान गएको छ । फ्रान्समा २८ हजार ६६२ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ