arrow

अयोध्यामा बन्ने राम मन्दिरको बारेमा पाकिस्तानको आपत्तीमा भारतको कडा जवाफ

धार्मिक अल्पसंख्यकहरुको पलायन र धर्म रुपान्तरणमा लाग्ने देशले सिकाउन जरुरी नभएको भारतको भनाई

logo
एजेन्सी,
प्रकाशित २०७७ जेठ १७ शनिबार
ram-mandir-ayodhya.jpg

एजेन्सी। भारतको अयोध्यामा निर्माण शुरु भएको राम मन्दिरको बिषयमा पाकिस्तानले आपत्ती जनाए लगत्तै भारतले कडा प्रतिक्रिया दिएको छ।  

भारतको सर्वोच्च अदालतको आदेश पछि अयोध्यामा राम मन्दिर बन्ने क्रममा रहेको छ। लामो कानुनी प्रक्रिया पुरा गरे निर्माण हुन लागेको राम मन्दिरका बारेमा पाकिस्तानले भारतीय जनाता पार्टीको ‘हिन्दुत्व’को एजेण्डालाई बल पुर्‍याउने कार्य भन्दै निन्दा गरेको थियो। 

गत नोवेम्बर ९ मा भारतीय सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा गरेको निर्णयलाई मुस्लिम देश पाकिस्तानले धर्म निरपेक्ष राज्यको उपहास भएको जनाएको थियो। 

ईमरान खान सरकारको उक्त कुरालाई भारतले वाहियात भनेर नकारेको छ। पाकिस्तानी प्रधानमन्त्री खानलाई भारतको संविधान पढ्न सचेत गराउँदै भारतले सबै धर्मावलम्बीहरुलाई भारतीय संविधानले बराबर हक दिएको जवाफ फर्काएको छ। पाकिस्तानलाई आफ्नो संविधान हेर्न पनि भारतले सुझाव दिएको छ। 

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने ‘फरक पत्ता लगाउन पाकिस्तानको बिदेश मन्त्रालयले समय निकालेर आफ्नो संविधान पढे हुन्छ।’ 

पाकिस्तानमा बिगत बर्षहरुमा अल्पसंख्यकहरुको संख्यामा आएको ह्रासप्रति ईंगित गर्दै श्रीवास्तवले भने ‘पाकिस्तान सरकारले झुठो बोले पनि संख्याले झुठो बोल्दैन’। पाकिस्तानमा बिशेषगरि हिन्दु अल्पसंख्यकहरुप्रति भैरहेको आक्रमक ब्यवहारले हिन्दुहरु पलायन हुने वा धर्म परिवर्तन गर्ने क्रम बढेको छ।  

उक्त वक्तव्यलाई मध्यपुर्वका ईस्लामिक देशहरुमा भारतमा अल्पसंख्यकहरुको स्थिती खराब छ भन्ने देखाउन पाकिस्तानले बल गरिरहेको रुपमा भारतले हेरेको छ। 

भारतीय जासुसी संस्थाले सामाजिक संजालमा पनि यस्तो कार्य भइरहेको र करिब ७ हजार ट्विटर ह्याण्डल यस्तो प्रयोजनका लागि प्रयोग भएको रिपोट बुझाएको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ। 

अयोध्यामा मे ११, २०२० देखि निर्माण कार्य शुरु भएको छ। उक्त स्थानमा अहिले माटोको जाँच प्रक्रिया अघि बढेको छ। उत्खननको क्रममा शिवलिंग र देवताका मुर्तीहरु फेला परेको पनि जनाईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ