- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको संक्रमणको विषयलाई लिएर चीनसंग विश्वका चार ठूला राष्ट्रहरु रिसाएका छन् ।
कोरोनामा चीनको भूमिकालाई लिएर ती राष्ट्रहरु रिसाएका हुन् । उनीहरुले चीनसंग कोरोनाको अन्तर्राष्ट्रिय जाँचको माग गरिसकेका छन् ।
अब हङकङमा नयाँ सुरक्षा कानुन ल्याउने चीनको कोशिसलाई लिएर त्यसको विरुद्धमा ठूला राष्ट्रहरु एक जुट भएका हुन् ।
बिहीबार अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानाडाले संयुक्तरुपमा बयान जारी गर्दै चीनको आलोचना गरेका हुन् ।
हङकङमा नयाँ सुरक्षा कानुन सन् १९८४ को बेलायत–चीन संझौताको उल्लंघन भएको भन्दै चार देशले हङकङको स्वतन्त्रताप्रति खतरा पैदा भएको आरोप लगाएका छन् ।
सन् १९९७ सम्म बेलायतको उपनिवेश रहेको हङकङ त्यसपछि ‘एक देश दुई नीति’ मा चल्ने गरी चीनलाई सुम्पिएको थियो ।
तर उसले राजनीतिक र कानुनी स्वायत्तता पनि लिएको थियो । हाल भने चीनले राष्ट्रिय सुरक्षा कानुन मार्फत हङकङको स्वतन्त्र कानुनी व्यवस्था गर्न चाहन्छ ।
हङकङका अपराधीलाई चीनमा सुपुर्दगी गर्ने कानुनको विरोधमा कयौं महिनादेखि विरोध प्रदर्शन भइरहेको छ ।
विश्वभरमा चिनियाँ यो गतिविधिको विरोध भइरहँदा पनि चीनले भने शहरमा अपराध, आतंकवाद र विदेशी तागतको हस्तक्षेप रोक्ने उद्धेश्यले यो कानुन ल्याउन लागिएको दावी गरिएको छ ।
चार देशले बेइजिङको कदममाथि चिन्ता जताउँदै हङकङ आफनो स्वतन्त्र पहिचानसहित रहने भन्दै नयाँ कानुनले हङकङका मानिसको स्वतन्त्रता कम हुने र हङकङको स्वायत्तता र समृद्ध बनाउने पूरै व्यवस्था तहसनहस हुने पनि बताएको छ ।
चिनियाँ संसदले हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन अगाडि बढाउने फैसलालाई हरियो झण्डा देखाइसकेको छ ।
यसको विरोध हङकङमा त भएको छ नै विश्वका स्वतन्त्र चाहने राष्ट्रहरु लगभग एक हुने निश्चित प्रायः छ ।