- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउडको चर्चित संगीतकारको जोडी साजिद–वाजिद टुटेको छ । संगीतकार वाजिद खानको आइतबार राति अबेर मृत्यु भएसंगै जोडी टुटेको हो ।
उनको ४२ वर्षकै उमेरमा ज्यान गएको हो । उनी लामो समयदेखि किड्नीका बिरामी थिए ।
मुम्बईको एक अस्पतालमा उनको उपचार भइरहेको थियो । स्थिति नाजूक भइसकेपछि अन्तिम समयमा भेन्टिलेटर सपोर्ट दिएर राखिएको थियो ।
उनको निधनमा भारतीय कैयौं सेलिब्रिटीहरुले दुःख जताएका छन् ।
उनलाई कोरोना भाइरसको समेत आशंका गरिएको छ । त्यसको समेत परीक्षण गरिएको बुझिएको छ ।
वाजिदमा बच्चादेखिका साथी रणवीर सुरेले आफू निकै नै दुःखी भएको बताएका छन् । उनले लेखेका छन्, ‘वाजिदले कोभिड–१९ का अगाडि घुँडा टेके ।’
साजिद– वाजिदले अन्तिम काम सलमान खानसंग गरेका थिए भाइ–भाइ गीतमा । वाजिदले सलमानकै सन् १२९९८ मा आएको फिल्म ‘प्यार किया तो डरना क्या’ बाट बलिउडमा डेब्यु गरेका थिए ।
यो जोडी सलमानको सबैभन्दा प्यारो म्युजिक कम्पोजर जोडी पनि थियो ।