arrow

अमेरिकामा कोरोना संक्रमित बढ्ने उत्तिकै, न्यूयोर्क र न्यूजर्सी छाडेर अन्तै रवाफ जमाउँदै

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
corona-usa1.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा अझै कमी आएको छैन । मंगलबार बिहानसम्म २२ हजार १५२ जना नयाँ संक्रमित थपिएका छन् । 

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमिमत १८ लाख ५९ हजार ३२३ जना संक्रमित भएका छन् । मृतक १ लाख ६ हजार ९२५ जनाको ज्यान गएको छ । 

२४ घण्टामा मृतकको संख्या ७३० बढेको छ । मृतकको संख्यामा केही कमी आएको छ । 

६ लाख १५ हजार ४१६ जनालाई उपचारपछि निको भएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ८० हजार ८२५ जना संक्रमित हुँदा मृतकको संख्या २९ हजार ९८८ पुगेको छ । 

दोस्रो स्थानको न्यूजर्सीमा १ लाख ६२ हजार ६४२ जना संक्रमित हुँदा मृतक ११ हजार ७३२ पुगेका छन् । 

रवाफ अन्तै जमाउँदै कोरोना भाइरसले 
शीर्ष दुई स्थानका प्रभावित राज्यबाट बिस्तारै कोरोना अन्य राज्यमा बढी फैलिएको छ । 

मंगलबार बिहानसम्म २४ घण्टाको गति हेर्दा न्यूयोर्कमा ९२३ र न्यूजर्सीमा ८७८ जना संक्रमित हुँदा मासाचुसेट्मा मात्रै ३ हजार ८४० जना संक्रमित थपिएका छन् । त्यस्तै क्यालिफोर्नियामा संक्रमित २ हजार ५३५ पुगेका छन् । 

त्यस्तै टेक्सासमा १ हजार १३० जना संक्रमित थपिएका छन् । मृतक पनि अन्य राज्यमा बढेका छन् । मासाचुसेट्समा १८९ जना २४ घण्टामा थपिँदा न्यूयोर्कमा ७० तथा न्यूजर्सीमा २१ को मात्र भयो । 

क्यालिफोर्नियामा ४७ तथा ओहिओमा ५२ जनाको ज्यान गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ