arrow

कोरोनाले थलिएको अमेरिकामा अश्वेत नागरिकको ‘हत्या’ ले थप तनाव, ट्रम्पद्धारा सेना परिचालन

अश्वेत पुरुषको प्रहरीले जानीजानी ‘हत्या’ गरेको भन्दै हिंसामै उत्रियो समूदाय

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
usa-unrest.jpg

काठमाडौं । अमेरिका यतिबेला कोरोना भाइरसको चपेटामा छ । कोरोनाको संक्रमण कम हुने अवस्था आउन नपाउँदै अहिले एक अश्वेत नागरिकको मृत्युले थप तनाव बढाएको छ । 

अश्वेत पुरुष जोर्ज फ्लोइडको मृत्युलाई लिएर अमेरिकाभर अशान्ति फैलिएको छ । उनको मृत्युलाई पूर्व नियोजित हत्या भन्दै हिंसा थप बढेको छ । 

जोर्जको परिवारका वकिलले प्रहरीलाई पूर्वनियोजित हत्याको आरोप लगाएका छन् । उनको हत्या गर्ने मिनियापोलिसका प्रहरी डेरेक शोभिनमाथि अञ्जानमा गरिएको हत्याको अभियोग लगाइएको छ।

मृतकका वकिल बेन्जामिन क्रम्पले उक्त हत्या जानीजानी गरिएको बताएका छन् ।

त्यसैगरी जोर्जको पोष्ट मार्टमको रिपोर्टले पनि यो हत्या नै भनेको छ । आधिकारिक पोस्टमार्टम पछि हत्याको घोषणा गरिएको हो ।

यसले श्री फ्लोडको मृत्युको कारणलाई ूकार्डियोपल्मोनरी अरेस्ट जटिल कानून प्रवर्तन जटिल, संयम, र घाँटी कम्प्रेसनू को रूपमा सूचीबद्ध गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अशान्ति अन्त्य गर्न सेनाको प्रयोग गर्ने वाचा गरेका छन् । उनले यसअघि सेनाको प्रयोग गर्न अस्वीकार गर्दै आएका थिए । 

तर हिंसा देशका विभिन्न राज्यमा फैलिएपछि सेनाकै प्रयोग गर्ने निर्णयमा पुगेका हुन् । 

एक श्वेत प्रहरी अधिकारीले जोर्जको घाँटीमा घुँडा टेक्दै गरेको भिडियो सार्वजनिक भएपछि त्यसले हिंसात्मक रुप लिएको हो । 

जानीजानी हत्या गर्ने प्रहरीले अर्को हप्ता अदालतमा उभिनु पर्ने भएको छ । 

थुप्रै ठाउँमा हिंसा रोक्न कर्पm्यु लगाइए पनि रोकिएको छैन । फिलडेल्फीयास्थित दुईवटा टेलिभिजनले आइतवार त्यहाँ युवाहरूले प्रहरीका कैयौँ कारहरू तोडफोड गरेको र कम्तीमा एउटा पसलमा लुटपाट मच्चाएको देखाएका थिए ।

हिंसाहरू नदोहोरिउन् भनेर देशभरका २० भन्दा बढी राज्यमा कर्फ्यू लगाइएको छ। मिनियापुलिसमा फ्लोइड मारिएकै ठाउँमा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।

जोर्जको हत्यालाई लिएर मिनियापोलिसबाहेक अन्य राज्यहरूमा पनि भएका आक्रोशले वर्षौंदेखि रहेको सामजिक र आर्थिक असमानतालाई प्रतिबिम्बित गर्छ।

त्यतिमात्र हैन अन्य देशहरुमा पनि यसको विरोध भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ