arrow

कोरोना : विश्वभर तीन लाख ७७ हजारको मृत्यु

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
corona-world.jpg

एएफपी, पेरिस ।महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु भएको छ भने २१ लाख ६७ हजार व्यक्ति संक्रमित भएका छन् । 

संयुक्तराज्य अमेरिकामा एक लाख ६ हजार ९२७ जनाको मृत्यु भएको छ भने दोस्रो स्थानमा बेलायतमा ३९ हजार ५१ जना, इटालीमा ३३ हजार ४७५ जना, ब्राजिलमा ३० हजार ४६ जना तथा फ्रान्समा २८ हजार ८३३ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ