arrow

कोरोनाबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
covid-test-corona.jpg

एएफपी ढाका । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार मात्र प्राप्त भएको थियो ।

ती वृद्ध कुटुपालोङ शिविरमा बस्थे । यस शिविरमा मात्र २९ जना रोहिङ्ग्यामा कोरोना पोजेटिभ देखिएको छ । म्यान्मारबाट भागेर बंगलादेश पुगेका रोहिङ्ग्याहरुलाई अस्थायी शिविरमा राखिएको छ । 

हाल शिविरमा करिब १० लाख शरणार्थी रोहिङ्ग्याहरु रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ