arrow

'कोरोना र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरावस्था देखाउछ'

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
usa-protest.jpg


जेनेभा । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मङ्गलबार बताएका छन्। उनले यो असमानतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् ।
 
“यो भाइरसले लामो समयदेखि वेवास्था गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ,”  संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्त मिसेल बाचलेटद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । 

उनले भने,“संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोयडको ‘मृत्यु’लाई लिएर विरोध भइरहेको छ । यो विरोधले प्रहरीले वर्णका आधारमा गरेको हिंसाको मात्र प्रतिनिधित्व गरिरहेको छैन । स्वास्थ्य, शिक्षा, रोजगारी र स्थानीय जातीय विभेदलाई पनि उजागर गर्दछ ।

थुनामा रहेकै समय अफ्रिकी मुलका अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा हिंसा भड्किएको छ । 

देशभरका विभिन्न शहरमा प्रदर्शन हुन थालेपछि स्थानीय सरकारहरूले करिब ४० शहरमा निषेधाज्ञा जारी गरेका छन् । केही दिनदेखि भइरहेका देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् ।

त्यस्तै प्रदर्शनमा सहभागी हजारौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउमध्ये केहीलाई प्रहरीले छोडिदिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ