arrow

भारतीय रक्षामन्त्री राजनाथले भने, 'नेपालसँगको सम्वन्ध विग्रन दिदैनौ'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २० मंगलबार
rajnath-singh.jpeg

काठमाडौं। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सदियौंदेखि भावनात्मक सम्वन्धलाई विग्रन नदिने बताएका छन्। भारतीय एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्ताका क्रममा भारतीय रक्षामन्त्री सिंहले नेपाल सँगको सदियौंदेखिको भावनात्मक सम्वन्धलाई विग्रन नदिने बताएका हुन्। सिंहले भने, ‘म नेपालको बारेमा गलत सोच्दिन।'

नेपालसँगको सीमाको समस्या वार्ताबाट समाधान गर्ने उनले विश्वास व्यक्त गरे। नेपाल र भारत  सम्वन्ध विग्रिनुमा चीनको भूमिकालाई लिएर सोधिएको प्रश्नमा उनले सिधा उत्तर नदिइ घुमाउरो शैलीमा जवाफ दिए। सिंहले चीनको नाम नलिइ भने, ‘कसैप्रति आरोप त लगाउँदिन तर केहि न केहि चाहि भएको छ।'

भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले केहि दिन अघी नेपालले चीनको उक्साहटमा भारत बिरुद्ध उभिएको आरोप लगाएका थिए। त्यसपछि नेपालमा भारतका बारेमा कडा प्रतिक्रिया उत्पन्न भइरहेको छ। तर रक्षा मन्त्रीको यो सम्हालिएको अभिव्यक्तिले दुई देशबीच वार्ताको माध्यमबाटै समस्याको हल खोज्न पहल हुने देखिएको छ।

रक्षामन्त्री सिंहले नै भारतले बनाएको पिथौरागढ हुँदै कालापानी लिपुलेक सडकखण्डको उद्घाटन गरेका थिए। 

नेपालले भारतको नियन्त्रणमा रहेको भूभाग नक्सामा नेपालतर्फ पारे पनि वास्तविकतामै नेपालले हकभोग गर्न पाउनका लागि वार्ताबाटै समस्यो समाधान गरि कालापानी र लिपुलेकबाट भारतीय सेना फिर्ता गराउनु पर्ने हुन्छ। यसका लागि नेपाल वार्ताको लागि आह्वान गरिरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ