arrow

ब्रजिलले कोरोना संक्रमण र मृत्युमा जित्यो अमेरिकालाई, रुस पछिपछि, यस्तो छ शीर्ष ९ देशको आँकडा 

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
corona-world.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण र मृत्युमा २४ घण्टाको अवधिमा ब्रजिलले अमेरिकालाई जितेको छ । 

पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको छ । 

तर दोस्रो स्थानको ब्रजिलले दुवैमा जितेको छ । २७ हजार २६३ जना संक्रमित थपिँदा १ हजार २३२ जनाको ज्यान गएको छ । 

रुस पछिपछि रहेको छ । रुसमा ८ हजार ८६३ जना संक्रमित थपिँदा १८२ जनाको मृत्यु थपिएको छ । 

भारतले भने रुसलाई पछ्याएको मात्र छैन मृत्युमा जितेको छ । भारतमा २४ घण्टामा ८ हजार ८२० जना नयाँ संक्रमित थपिँदा २२१ जनाको ज्यान गएको छ । 

विश्वभर २४ घण्टामा १ लाख १० हजार ८७९ जना संक्रमित थपिए भने ४ हजार ५२८ को ज्यान गयो । 

अमेरिकामा १८ लाख ८१ हजार २०५ जना संक्रमितको संख्या पुगेको छ । १ लाख ८ हजार ५९ जनाको ज्यान गएको छ । 

ब्रजिलमा ५ लाख ५६ हजार ६६८ जना संक्रमित हुँदा ३१ हजार २७८ जनाको ज्यान गएको छ ।

तेस्रो रुसमा ४ लाख २३ हजार ७४१ जना संक्रमित हुँदा ५ हजार ३७ को ज्यान गएको छ । 

स्पेनमा २ लाख ८७ हजार १२ जना संक्रमित हुँदा २७ हजार १२७ जनाको ज्यान गएको छ ।

पाँचौं स्थानको बेलायतमा २ लाख ७७ हजार ९८५ जना संक्रमित हुँदा ३९ हजार ३६९ जनाको ज्यान गएको छ । 

छैटौं स्थानको इटालीमा २ लाख ३३ हजार ५१५ जना संक्रमित हुँदा ३३ हजार ५३० जनाको ज्यान गएको हो । 

सातौं स्थानको भारतमा २ लाख ७ हजार १९१ जना संक्रमित हुँदा ५ हजार ८२९ जनाको ज्यान गएको छ । 

आठौं फ्रान्समा १ लाख ८९ हजार २२० जना संक्रमित हुँदा नयाँ एक जना पनि संक्रमित थपिएनन् । मृतकको संख्या २८ हजार ९४० पुगेको छ । मृतक भने १०७ जना थपिए । 

नवौं स्थानको जर्मनीमा १ लाख ८४ हजार ९१ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ६७४ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ