arrow

चार महिने शिशुसहित थप १६ नयाँ संक्रमित

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
corona-test-kit.jpg

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार चार महिने शिशुसहित थप १६ नयाँ संक्रमित पहिचान भएका हुन् ।

महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश÷अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका सात, कालीकोटका सात र सल्यानका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कालिकोटका चार महिने शिशुमा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै दैलेख दुल्लुका एक संक्रमितको मृत्यु भइसकेको छ ।
 
जुम्लामा दुई सुरक्षाकर्मी र सुर्खेतमा स्थानीय विद्यार्थीलाई समेत कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा संक्रमण फैलिन पुगेको छ । स्वास्थ्यकर्मीका अनुसार उनीहरुको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा अन्य सम्भावित संक्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । नयाँ पहिचान भएका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ