arrow

तलिबानको अल कायदासँग सम्बन्ध छ : संयुक्त राष्ट्रसंघ

logo
एएनआई,
प्रकाशित २०७७ जेठ २१ बुधबार
al-qaeda.jpg

इस्लामावाद। अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ। सो जानकारी संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ। मंगलबार जारी गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको हो। तर यो रिपोर्टलाई तालिबानहरुले भने आधारहिन भनेका छन्। तालिबानहरुले अहिले पनि अलकायदा नामक अर्को आतंककारी समूहसँग राम्रो सम्बन्ध जारी राखेको हालै संयुक्त राष्ट्रसंघले सुरक्षा परिषदलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ।

तालिबानहरुले अहिले पनि भित्री रुपमा अल कायदासँग सम्बन्ध राखेको र सोही कारणले अमेरिकासँग भएको सहमति बमोजिम शान्ति वार्ताका लागि सम्झौता गर्न नमानेको सो रिपोर्टमा जनाइएको छ।

यसअघि करिब तीन महिनाअघि तालिबान र अमेरिकाबीच अफगानिस्तानको सरकारसँग वार्ता गरी अफगानिस्तानमा शान्तिवार्ता गरिने विषयमा कतारको दोहामा एक सम्झौता भएको थियो। तर त्यस बमोजिम वार्ताको प्रक्रिया भने अहिलेसम्म पनि सुरु हुन सकिरहेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ