arrow

२४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिए

logo
सिन्ह्वा,
प्रकाशित २०७७ जेठ २१ बुधबार
corona-pakistan.jpg

इस्लामावाद। पाकिस्तानमा कोरोनाभाइरस सङक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन्। विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ। पाकिस्तानमा सङ्क्रमित मध्येका १ हजार ६८८ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन्। पाकिस्तानमा बुधबार मात्र ६७ जना संक्रमितको ज्यान गएको छ।

पाकिस्तानको सिन्ध, पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिर बढी प्रभावित क्षेत्रको रुपमा रहेका छन्।

सङ्क्रमितहरुमध्ये २८ हजार ९२३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ। अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४९ हजार ८५२ जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ