arrow

कंगोमा इबोला प्रकोप भेटिएपछि उच्च सतर्कता

logo
एएनआई,
प्रकाशित २०७७ जेठ २१ बुधबार
ebola-virus.jpg

इक्वाटर, कंगो। अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको बताइएको छ। कंगोको सरकारले यहाँ इबोलाको संक्रमण भेटिएको जनाएपछि यहाँका नागरिकलाई खानपिनमा ध्यान दिन तथा यसको संक्रमणको संका लागेमा तुरुन्त अस्पताल जान सरकारले सूचना जारी गरेको हो।

कंगोको इक्वाटर प्रान्तको वांगातामा यो प्रकोप देखिएको कंगोको सरकारले मंगलबार जानकारी दिएको समाचारमा जनाइएको थियो। वंगातामा मंगलबारसम्म यो इबोलाका कम्तीमा छ जनामा संक्रमण भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ती छजना मध्ये चार जनाको निधन नै भएको र अरु दुई जना उपचाररत रहेको पनि सो मन्त्रालयले जनाएको छ। यो भाइरसको प्रकोप पुनः देखिएको कुरा विश्व स्वास्थ्य संगठनले पनि पुष्टि गरेको छ। विश्व स्वास्थ्य संगठनले ती संक्रमितहरुको भाइरसबारे ल्याबमा परीक्षण गरिएको र उनीहरुमा उही पुरानै इबोला भेटिएको पाइएको बताएको छ।

इबोला पनि सरुवा र प्राणघातक रोग भएकोले अस्पताल र स्वास्थ्यकर्मीहरुले पनि सतर्कता अपनाएर उपचार गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ