arrow

साउदीमा कोरोनाले छोडेन, एकातिर घट्दै अर्कोतिर थपिँदै 

logo
अरशद शेष राई,  
प्रकाशित २०७७ जेठ २२ बिहिबार
saudi-arabia.jpeg

साउदी अरेबिया । नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ नामक महामारीले बिगत लामो समयदेखि विश्वभर डर र त्रासको माहोल रहेका बेला साउदी अरेबियामा पनि दिनदिनै कोरोना संक्रमित रहेकामध्ये जहाँ उपचारपछि एकातिर संक्रमित घट्छन् भने अर्कोतिर नयाँ कोरोना भाइरसका संक्रमितहरु दिनदिनै थपिदै छन् ।

बुधबारै एकैदिन साउदी अरेबियामा १ हजार ८ सय भन्दा बढी कोरोना संक्रमितहरु थपिएका छन् । सोही दिन कोरोना संक्रमित रहेकामध्ये १ हजार ४ सय भन्दा बढी कोरोना संक्रमितहरु उपचारपछि निको भएका छन् ।

साउदीमा कोरोना संक्रमितको संख्या ९१ हजार १८२ पुगिसकेको छ । जबकि उपचारपछि निको हुनेको संख्या ६८ हजार १५९ रहेको छ । कोरोनाले हालसम्म ज्यान लिनेको संख्या ५७९ रहेको छ ।

बुधबार एकैदिन साउदी अरेबियाको राजधानी रियादमा ५ सय ५६ जना, मक्का ३ सय जना, जद्दा २ सय ७९ जना, दम्माम १ सय २३ जना, हाफुफ १ सय १९ जना जस्तै गरि १ हजार ८ सय ६९ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् ।

संक्रमित रहेकामध्ये १ हजार ४ सय ८४ जना बुधबार एकैदिन उपचारपछि निको भैई घर फर्किएका स्वास्थ्य मंत्रालयले जनाएका हुन् ।

साउदी सरकारले मक्का बहेकका सबै ठाउँमा ३१ मेदेखि बिहान ६ बजेदेखि राति ८ बजे सम्मका लागि कर्फ्युलाई निष्कृय गरी बिगत ७० दिनदेखि बन्द रहेको मस्जिद, हरम शरीफ, बजार, यातायात  तथा नेशनल हवाई जहाजलाई संचालनमा ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ