arrow

पाकिस्तानका एयरपोर्टहरूमा लगानी गर्न कतारले गर्‍यो इन्कार

logo
प्रकाशित २०७७ जेठ २२ बिहिबार
qatar.jpg.jpeg

इस्लामाबाद। कतार लगानी प्राधिकरण (क्यूआईए)ले पाकिस्तानको एयरपोर्टमा लगानी गर्न अस्वीकार गरेको छ। पाकिस्तानी अधिकारीहरुले २०१७ मा टुंगो लगाइएको मोडेलमा परिवर्तन गरेसँगै क्यूआईएले पाकिस्तानको एयरपोर्टमा लगानी गर्न इन्कार गरेको हो। पाकिस्तानका अधिकारीहरूले आफ्नो नियन्त्रण कायम रहने गरि पार्किङ, पसल, रेस्टुरेन्ट लगायतका सेवाहरुको मात्र आउटसोर्सीङ गर्न खोजेपछि क्यूआईएले एयरपोर्टमा गर्ने भनेको ठूलो लगानी रोकेको हो।

२०१७ मा चर्चा गरिएको मोडेलमा परिवर्तन गरेसँगै कतार लगानी प्राधिकरणले विमानस्थलहरुमा लगानी गर्न इन्कार गरेको हो। क्यूआईएले पाकिस्तानको सरकारी स्वामित्वमा रहेको कम्पनीको शेयर किनी इस्लामाबाद विमानस्थल, जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल, कराँची र अल्लामा इकबाल विमानस्थल, लाहोर जस्ता विमानस्थलहरूमा लगानी बृद्धी गरि स्वामित्व लिन चाहेको थियो।

सरकारको स्वामित्वमा रहेको तीनवटा मुख्य एयरपोर्टको स्वामित्व एक सरकारी कम्पनी अन्तर्गत राखेर त्यस त्यस कम्पनीमा ३५ देखि ४० प्रतिशत रणनीतिक स्वामित्व लिन कतार लगानी प्राधिकरणले चाहेको थियो। नयाँ परिस्थितिमा कतार लगानी प्राधिकरण क्यूआईएले उक्त एयरपोर्टहरूको व्यावसायिक गतिविधिहरू आउटसोर्सिंगको सरकारको प्रस्तावमा कुनै चासो देखाएको छैन।

द न्युजमा प्रकाशित समाचार अनुसार पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कतार भ्रमणको क्रममा कतारका आमिरले पाकिस्तानको प्रमुख विमानस्थलहरूमा लगानी गर्ने इच्छा व्यक्त गरेका थिए। तर पाकिस्तानी प्रधानमन्त्रीले त्यसतर्फ आवश्यक प्रयास गरेनन्। केवल इस्लामाबादको एयरपोर्टमा आउटसोर्सिंगका लागि मात्र व्यावसायिक सहुलियतहरू प्रस्ताव गरिएको थियो। तर आउटसोर्सीङमा लागि पाकिस्तानी उड्डयन डिभिजनको नयाँ योजनामा कतार लगानी प्राधिकरणले चासो नदेखाएको द न्यूजमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ