निर्यातमा कमी आएसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर
एएफपी,
प्रकाशित २०७७ जेठ २२ बिहिबार
260
Shares
वासिङ्टन। कोभिड–१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ।
कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा निकै धेरै हुन पुगेको अमेरिकी सरकारले बिहीबार जानकारी गराएको छ।
अमेरिकी बाणिज्य विभागका अनुसार अप्रिलमा अमेरिकी समान तथा सेवाहरूको निर्यातमा मार्चको तुलनामा २० प्रतिशतले ह्रास आएको थियो भने आयातमा १३.७ प्रतिशत कमी भएको थियो।
सन् २०२० मा (हालसम्म)अमेरिकाको व्यापार घाटा २६ अर्ब पुगेको छ। यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतभन्दा बढी भएको बाणिज्य विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ।