arrow

भारतमा एकैदिन थपिए १० हजारको हाराहारीमा कोरोना संक्रमित, २७४ को मृत्यु

logo
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
corona-india4.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । शुक्रबार बिहान २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । संक्रममितको संख्यामा भारत तेस्रो स्थानमा समेत पुगेको छ । 

भारतमा एकैदिन ९ हजार ८३८ जना संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै बढी हो । यसअघि बिहीबार बिहानसम्म ९ हजार ६३८ जना संक्रमित थपिएका थिए । बुधबार बिहानसम्म त्यतिन्जेलको सबैभन्दा बढी संक्रमण भएको थियो । यसअघि सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका थिए । त्यो संख्या सबैभन्दा बढी रहेको थियो ।  त्यो रेकर्ड फेरि तोडिएको छ । 

त्यस्तै मृतक २४ घण्टामा २७४ थपिएका छन् । यो सबैभन्दा बढी हो । त्यसअघि गएको शनिबार सर्वाधिक २६९ को ज्यान गएको थियो । बिहीबार बिहानसम्म २५९ जना थपिएका थिए । बुधबार २२१ जना र मंगलबार २०१ जना थपिएका थिए । 

अहिलेसम्म भारतमा कोरोनाबाट २ लाख २६ हजार ७१३ जना संक्रमित भएका छन् । १ लाख ८ हजार ४५० जनालाई निको भएको छ । २४ घण्टामा ४ हजार ३८६ जनालाई निको भएको छ । 

मृतकको संख्या ६ हजार ३६३ पुगिसकेको छ । संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ । 

सबैभन्दा बढी ब्रजिलमा २८ हजार ८८२, दोस्रो स्थानको अमेरिकामा २२ हजार ८९ जना संक्रमित हुँदा भारत तेस्रोमा रहेको हो । चौथो रुसमा ८ हजार ८३१ जना संक्रमित भएका छन् । 

कुन ठाउँमा सबैभन्दा बढी प्रभावित
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार ९३३ जना संक्रमित बढ्दा ७७ हजार ७९३ पुगेका छन् । त्यस्तै मृतक १२३ बढेर २ हजार ७१० पुगेका छन् । 

तमिलनाडुमा १ हजार ३८४ जना बढेर २७ हजार २५६ जना संक्रमित हुँदा मृतक २२३, दिल्लीमा १ हजार ३५९ जना बढेर २५ हजार ४ जना संक्रमित हुँदा मृतक ६५९, गुजरातमा ४९२ बढेर १८ हजार ६०९ जना संक्रमित हुँदा १ हजार १५५ को ज्यान गएको छ । 

संक्रमित बढ्दा लकडाउन खुकुलो 
यसैबीच भारतमा लकडाउनमा परिवर्तन गरि अनलक शुरु गरिएको छ ।  भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय गरेको हो ।

अनलक १ जुनदेखि ३० जुनसम्म हुनेछ । जसमा रातको कर्फ्यु कायमै रहनेछ । कर्फ्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु पनि खोल्ने अनुमति दिइने भएको छ ।

दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ । 

कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

भारतमा लकडाउन खुलेपनि नेपालमा जेठभर लकडाउन कायमै राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ