arrow

साउदीमा एकैदिन ८ सय ६ जना कोरोना संक्रमित निको भई घर फर्किए

logo
अरशद शेष राई, 
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
saudi-arabia.jpeg

साउदी अरेबिया । साउदी अरेबियामा बिगत लामो समयदेखि नोबेल कोरोना भाइरस अर्थात् कोभिड १९ को महामारीले गर्दा दिनदिनै नयाँ संक्रमितहरु ठूलो संख्यामा भेटिँदै आए पनि बिगत केही दिनदेखि नयाँ भेटिने संक्रमितको संख्यामा कमी आएपछि सरकारले लकडाउन खुकुलो गरी बन्दलाई खुल्ला गरेपछि स्थिति समान्य बन्दै गएको देखिएको थियो ।

केही दिनदेखि कोरोना भाइरसको संक्रमितको संख्यामा कमी आएपछि तथा संक्रमितहरु ठूलो  संख्यामा उपचारपछि दिनदिनै निको हुँदै गएपछि साउदी सरकारले लकडाउन खुकुलो गरि बन्द खुल्ला गरेको हो ।

सरकारले लकडाउन खुकुलो गरि कोरोना भाइरसको संक्रमित हुनेको संख्यामा केही दिन देखि कमी आएपनि बिहीबार एकैदिन ठूलो संख्यामा नयाँ कोरोना भाइरसको संक्रमितहरु देखिएका छन् । जबकि कोरोना भाइरसका कारण बिहीबार मात्रै ३२ जनाको ज्यान गएको छ ।

साउदी अरेबियामा बिहीबार एकैदिन दुई हजारको हाराहारीमा ठूलो संख्यामा नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् जबकि एकैदिन ८ सय ६ जना कोरोना संक्रमितहरु उपचारपछि निको भई घर फर्किएका छन् ।

बिहीबार नयाँ भेटिएका संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियादमा ६७५, मक्का २८६, जद्दा २५९, मदिना १२४, हुफुप ११२, दम्माम ५३ जना जस्तै गरि एकैदिन नयाँ १ हजार ९ सय ७५ जना संक्रमितहरु भेटिएका हुन ।

कोरोना भाइरसका कारण साउदी अरेबियामा हाल सम्म संक्रमित हुने संख्या ९३ हजार १ सय ५७ रहेको छ जबकि हाल सम्म उपचारपछि निको हुनेको जम्म संख्या ६८ हजार ९ सय ६५ जना रहेको साउदी स्वास्थ्य मंत्रालयको तथ्यांक रहेको छ ।

साउदी अरेबिया हाल सम्म मक्का शहरमा ३५ हजार २ सय ५७ जना संक्रमित रहेका छन भने हाल सम्म २६ हजार ३ सय ८९ जना उपचारपछि निको भई घर फर्किएका छन जबकि हालसम्म ४ सय ५५ जनाको ज्यान गएको छ ।

त्यस्तै साउदी अरेबियाको राजधानी रियाद शहरमा हालसम्म २४ हजार ५ सय ५२ जना कोरोना संक्रमित रहेका छन भने हाल सम्म १७ हजार १ सय ६२ जना उपचारपछि निको भई घर फर्किएका छन् । जबकि ४५ जनाको ज्यान गएको छ ।

यसैगरी साउदी अरेबियाको पूर्बी क्षेत्रमा हाल सम्म १७ हजार ७ सय ४१ जना संक्रमित रहेका छन भने १२ हजार ५ सय ४३ जना उपचारपछि निको भई घर फर्किएका छन् । जबकि ३६ जना हालसम्म ज्यान गएको छ ।

त्यसैगरी साउदी अरेबियाको शहर मदिनामा हाल सम्म १० हजार ४ सय ८६ जना कोरोना संक्रमित रहेका छन्  भने हालसम्म ९ हजार ३ सय १६ जना उपचारपछि निको भई घर फर्किएका छन्  । जबकि हालसम्म ५७ जनाको ज्यान गएको छ ।

यसैगरी साउदी अरेबियाको जिजान शहरमा हालसम्म १ हजार १ सय १६ जना कोरोना संक्रमित रहेका छन् भने हाल सम्म ९ सय २६ जना उपचारपछि निको भई घर फर्किएका छन् । जबकि हालसम्म ५ जनाको कोरोनाले ज्यान लिएको छ ।

नोबिल कोरोना भाइरस अर्थात कोभिड १९ ले गर्दा साउदी अरेबियामा बिहीबार सम्म ६ सय ११ जनाको ज्यान लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ