arrow

नदीमा चरम दोहन, रातभर स्काभेटर र ट्याक्टर सञ्चालन, बेइमानी जनप्रतिनिधिकै

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
102556047_644554916141072_5.jpg

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ सिपुवामा पर्ने दानव नदीमा ठेक्का सम्झौता देखाएर चरम नदीजन्य पदार्थको दोहन भैरहेको पाइएको छ। गाउँपालिकाले सो नदीजन्य पदार्थ निकासीका लागि गत माघ २३ गते सूचना प्रकाशन गरी डेण्डर आह्वान गरेकोमा ए आर के निर्माण कम्पनी लुम्विनीले त्यसको ठेक्का हात पारेको थियो ।

गत फागुन ११ गते देखि ए आर के निर्माण कम्पनीले ५६ लाख ३० हजार रुपैयाँमा ठेक्का पारेको हो । गत चैत ५ गतेदेखि नदीजन्य पदार्थ उत्खनन कार्य शुरु गरेको सो कम्पनीले चैत्र ११ गतेदेखि शुरु भएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको लकडाउनमा करिब एक महिना बन्द गरेको र पुनः वैशाखको मध्यबाट उत्खनन् कार्य सुचारु गरेको कोटहीमाई गाउँपालिकाले जनाएको छ ।

लुम्विनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख जानकीदेवी श्रीवास्तवका छोराले त्यसको ठेक्का लिएका छन् । उनी यस्ता कार्यमा विगतदेखि रहँदै आएका छन् । कोटहीमाई गाउँपालिका वडा नं।१ का वडाध्यक्ष राजमन जैयसवालको समेत संलग्नता रहेको सूचना प्राप्त भएको छ ।

नदीमा पहिले एउटा स्काभेटर र एउटा जेसिवी प्रयोगमा ल्याएको भए पनि तर केही सामान्य वर्षाका कारण पानीको वहाव बढेकाले हाल जेसिवी हटाइएको छ ।

गाउँपालिका अनुसार ठेक्का सम्झौतामा दिनमा मात्रै निकासी गर्ने तर रातिको समयमा उत्खनन् गर्न नपाइने उल्लेख गरिए पनि उक्त नदीमा ५० भन्दा बढी ट्याक्टरहरु प्रयोग गरी रातभर नदीजन्य पदार्थ निकासी गरिँदै आएको स्थानियहरुले बताएका छन् । जसका कारण त्यहाँका स्थानियहरु ट्याक्टरको आवाजले सुत्न नसकेको गुनासो समेत गरेका छन् ।

दिनमा निकालिएको नदीजन्य पदार्थ डम्पिङ्ग गरिएको र रातभर उत्खनन् गरिएको बालुवा कहाँ जान्छ त्यो कसैलाई पनि थाहा छैन। राजनितिक आडमा ठेक्का सम्झौता पत्र देखाएर रातभर चरम नदीजन्य पदार्थ दोहन हुँदा समेत कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादव र वडा अध्यक्ष राजमन जैयसवालले रातको समयमा उत्खनन् नभएको दावी गरेका छन् । उनीहरुले नियम विपरीत भए नभएकोबारे जानकारी लिने जनाए ।

५६ लाख ३० हजारमा ठेक्का लिएको उल्लेख गरिए पनि बुधबारसम्म ७० लाख बराबरको निकासी गरी जम्मा गरिएको र राति निकालिएको नदीजन्य पदार्थको कुनै विवरण छैन । निकासी गरी स्टोर गर्ने र बिक्री वितरण गर्ने कार्य भैरहेको छ। बिक्री गर्नका लागि गाउँपालिकाबाट अनुमति लिनुपर्ने प्रावधान रहेको गाउँपालिकाले बताएको छ ।

आरटीआई अनुसार ९ लाख ३२ हजार ९६.६० घनमिटर उत्खनन् गर्ने सम्झौता रहेको र करिब १५ दिनभन्दा अगाडि जाँच गर्दा साढे ४ लाख घनमिटर निकालिसकेको पाइएकोमा त्यसपछि गाउँपालिकाले नापजाँच नगरेको सोही गाउँपालिकाका ईन्जिनियर नुरुल हुसेन खाँनले जानकारी दिएका छन् । 

यता गाउँपालिका अध्यक्ष यादवले भने १८ हजार घनमिटर उत्खनन् गर्ने सम्झौता भएको बताएका छन् । यसरी गाउँपालिका अध्यक्ष यादव र इन्जिनियर खाँनको फरक फरक घनमिटरको कुरा मिल्न सकेको छैन । स्थानियले भने यस विषयमा लुम्विनी प्रहरीलाई खवर गर्दा स्थानिय पालिकाले ‘ठेक्का गरेको हो, हामी त्यसमा आउन मिल्दैन’ भन्ने जवाफ दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ