arrow

गाउँपालिका अध्यक्षको निधनमा नवलपरासी पश्चिम शोकमा, कांग्रेस स्तव्ध, सोमबार सबै पालिका बन्द 

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ असार १ सोमबार
rajkumar-sharma-pratappur-gaupalika.jpg

नवलपरासी । प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधनले नवलपरासी पश्चिम शोकमा डुबेको छ । 

नेपाली कांग्रेसबाट चुनाव जितेका शर्माको निधनले देशैभरको कांग्रेस स्तव्ध भएको छ । 

उनको निधनमा सोमबार नवलपरासीका सबै पालिका बन्द गरिएको छ । २०२३ साल बैशाख १६ गते जन्मेका अध्यक्ष शर्माको आइतबार (जेठ ३२ गते) दुर्घटनामा परी निधन भएको हो । 

उनको अन्तिम संस्कारमा पूर्व गृह राज्य मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल, जिल्ला सभापति विष्णु प्रसाद पौडेल, संविधान सभा सदस्य देवकरण कलवार सन्तु, बिक्रम खनाल, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, सम्पुर्ण नगरपालिका र गाउँपालिकाका अध्यक्ष, नेपाली कांग्रेसका कार्यकर्ता लगायत हजारौंको उपस्थिति थियो । 

स्वर्गीय शर्माको पार्थिव शरीरमा नेपाली कांग्रेसले शोक कार्यक्रम गरी पार्टीको झण्डा ओढाएर अन्तिम संस्कार गरकोे थियो । 

स्वर्गीय शर्मा नेपाली कांग्रेस नवलपरासी पश्चिमका जिल्ला सदस्य समेत रहेका थिए ।

शर्मा सवार कार दुर्घटनामा परेको हो । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कार्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको र उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केसीले बताए  ।

शर्मासंगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । 

उनी खतरामुक्त रहेको बताईएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो । 

अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जाँदै थिए। 

पत्रकार समेत रहेका शर्मा प्रेस युनियनका केन्द्रीय पार्सद समेत थिए । शर्मा २०४९ सालमा साविक गुठी सूर्यपुरा गाविसमा वडाध्यक्ष निर्वाचित थिए भने २०५४ सालमा सोहि गाविसको उपाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ