arrow

अगैयामा ट्याक्टर खस्दा एकको मृत्यु, एक बेपत्ता, एक घाइते 

logo
प्रकाशित २०७७ असार १ सोमबार
death-body-new.jpg.jpeg

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैया पुलबाट टयाक्टर खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

सोमबार दिउँसो १ बजेर १५ मिनेटमा पुलको बिच भागमा रहेको रेलिङमा टयाक्टर ठोक्किएर नदिमा खसेको थियो। तिब्र गतिमा बैजापुर तर्फबाट अगैया आउदै गरेको ना ७ त ५१८ को टयाक्टर अनियन्त्रित भएर रेलिङ बार भत्काउदै नदिमा खसेको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए । ट्रयाक्टरमा ३ जना सवार रहेका थिए ।

शसस्त्र प्रहरी शम्शेरगन्जको गोताखोर टोलीले खोजतलास गर्दा राप्ती सोनारी ३ का पूर्ण बहादुर थारुको शव फेला परेको छ। राप्ती सोनारी १ जरुवाका १९ वर्षका ऋषि बिक घाईते भएका छन भने राप्तीसोनारी ३ भवनियापुरका १७ वर्षीय चालक सुनिल चौधरी बेपत्ता भएका छन्।

चालक चौधरीको खोज तलास कार्य जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ