arrow

पत्रकार खड्कालाई धम्की दिएको प्रति प्रेस युनियन रोल्पाको विरोध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १ सोमबार
Press-Union.jpg.jpeg.jpeg

रोल्पा। न्युज २४ टेलिभिजनका रोल्पा सम्वाददाता नन्दराम खड्कालाई समाचार प्रकाशनको विषयलाई लिएर धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियन रोल्पाले विरोध जनाएको छ।

नेपाल प्रेस युनियन रोल्पाले सोमबार एक विज्ञप्ति जारी गर्दै रुन्टीगढी गाउँपालिका ९ का वडा अध्यक्ष नेपबहादुर थापाले समाचारको विषयमा पत्रकारलाई धम्की दिएकोमा खेद प्रकट गरेको हो ।

युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दद्वारा जारी विज्ञप्तिमा समाचारको विषयलाई जोडेर पत्रकार खड्कालाई धम्की दिने तथा व्यक्तिगत जीवनमा आक्षेप लाउनेगरी केहि व्यक्तिले सामाजिक सञ्जालमा जथाभावी लेख्ने काम गरेकाले उक्त काम तत्काल बन्द गर्न गराउन माग गरिएको छ ।

संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकोले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गराउन प्रेस युनियन रोल्पाले स्थानीय प्रशासन तथा सरकारसँग अपिल गरेको छ ।

रुन्टीगढी गाउँपालिका ९ का वडाध्यक्ष नेपबहादुर थापाले राहतको विषयलाई लिएर स्थानीय गुरुप्रसाद थापा लगायतलाई कुटपिट गरेको समाचार गत जेठ २९ गते विभिन्न सञ्चार माध्यममा आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ