arrow

प्रेस युनियन अर्घाखाँचीले गर्‍यो पत्रकारको कोरोना र दुर्घटना विमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २ मंगलबार
npu-arghakhachi-bima-insura.jpg

अर्घाखाँची। नेपाल प्रेस युनियन अर्घाखाँचीले आफ्ना सदस्यहरुका लागि कोरोना र दुर्घटना बिमा गरेको छ । युनियनले कोरोनाको बढ्दो जोखिमका बाबजुद नागरिकलाई सुचना प्रवाह गर्न समाचार संकलनको लागि फिल्डमा खटिनुपर्ने पत्रकारहरुको लागि प्रतिव्यक्ति रु १ लाख बराबरको कोरोना विमा गरेको छ । त्यस्तै फिल्ड रिपोटिङ गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै युनियनका सबै सदस्यहरुको लागि प्रतिव्यक्ति रु २ लाख रुपैयाँको दुर्घटना विमा गरेको छ। 

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलकी सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रदेश–५ कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री र नेपाली कांग्रेस ढिकुरा गाउँ कार्यसमितिका सभापति उमेश घिमिरेको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ३६ जना पत्रकारको लागि कोरोना विमा र ६२ जना युनियनकर्मीका लागि दुर्घटना विमा गरिएको नेपाल प्रेस यनियन अर्घाखाँचीका सभापति वीरेन्द्र केसीले जानकारी दिए। 

कांग्रेस नेतृ पुष्पा भुसालले कोरोना संक्रमणको जोखिममा रहेर जनतालाई सुचना प्रवाहको काममा खटिनुपर्ने पत्रकारको स्वास्थ्य सुरक्षामा सबै निकाय गंभिर हुनुपर्ने बताइन। उनले जनतालाई सही सुचना दिने काममा सर्तक रहेर समाचार संकलन गर्न आग्रह गरिन।  

सांसद निर्मला क्षेत्रीले दुर्घटनाको जोखिमका बाबजुद खटिने पत्रकारको लागि सबैले गंभिर भएर सहयोग गर्नुपर्ने बताइन। क्षेत्रीले सञ्चारक्षेत्रमा काम गर्ने पत्रकारलाई राज्यले ध्यान नदिएको बताइन। 

कांग्रेस ढिकुराका सभापति उमेश घिमिरेले आम नागरिकलाई कोरोना संक्रमणबाट बच्न र जोगिनको लागि पत्रकारले प्रवाह गरेको सुचना तथा खेलेको भुमिका प्रशंसनीय रहेको बताए।

पहिलो चरणमा कोरोनाको जोखिमलाई छल्दै विभिन्न सञ्चारमाध्यममा काम गर्ने ३६ जना पत्रकारको कोरोना विमा गरिएको र चरणबद्ध रुपमा कोरोना बिमा कार्यक्रमलाई जारी राखिने युनियनका सचिव विष्णु खनालले जानकारी दिए।

सन्धिखर्कमा शाखा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा कोरोना तथा दुर्घटना विमा गर्न युनियनका अध्यक्ष वीरेन्द्र केसी, सचिव विष्णु खनाल, केन्द्रीय पार्षद प्रेमनारायण आचार्य लगायतका युनियनकर्मीको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ