arrow

कांग्रेस नेतृ आचार्यद्वारा प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २ मंगलबार
npu-health-material-handove.jpg

पोखरा। नेपाली कांग्रेस कास्कीकी नेतृ रङ्गिला आचार्यले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकी छन् । 

कास्की काँग्रेसकी सहसचिव आचार्यले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, रविना आले र सचिव प्रदिप पौडेललाई मास्क, सेनिटाइजर र ग्लोब्स हस्तान्तरण गरेकी थिइन् । 

समाजका लागि संचारकर्मीको निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेतृ आचार्यले संचारकर्मीको साथमा सदैव रहिरहने प्रतिवद्वता व्यक्त गरिन् ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले विभिन्न संघसंस्था तथा व्यत्तिको सहयोगमा करीब २ सय संचारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री र २४ जनालाई अत्यावश्यक सहयोग गरिएको उल्लेख गरे । 

‘संचारकर्मीका हरेक समस्या हाम्रा समस्या हुन्, उनले भने, सबै संचारकर्मीको साथमा प्रेस युनियन रहनेछ।’ कार्यक्रम सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए ।

यसअघि नेतृ आचार्यले क्रियाशील पत्रकार महिला समूह गण्डकीलाई पनि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकी थिइन् । त्यस्तै लकडाउनका कारण नराम्ररी प्रभावित बनेका एक सय ५० परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेकी छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ